२५ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ग्लोबल बैंकद्वारा क्यालेण्डर सार्वजनिक

ग्लोबल आईएमई बैंकले मण्डला चित्रकला समावेश गरी २०८० सालको क्यालेण्डर सार्वजनिक गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा बैंक सञ्चालक समितिका अध्यक्ष चन्द्रप्रसाद ढकाल, बैंकका सञ्चालकहरू रामबहादुर भण्डारी, मदनलाल जोशी र देवेन्द्रप्रताप शाह, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा मण्डला चित्र कलाकारद्वय भाइराजा शाक्य र ङवाङ लामाले संयुक्तरूपमा उक्त क्यालेण्डर सार्वजनिक गरेका हुन्।

बैंकले हरेक वर्ष आफ्नो क्यालेण्डरमा स्थानीय कला, संस्कृति र परम्परा प्रवद्र्धन कार्यलाई प्राथमिकता दिँदै आएको र यस वर्ष पनि सोही अनुसारको क्यालेण्डर सार्वजानिक गरेको हो। बैंकका अध्यक्ष ढकालले नयाँ क्यालेण्डर प्रकाशनले मण्डला चित्रकला प्रवद्र्धन तथा कलाकारको सम्मानमा योगदान पुग्नसक्ने बताएका छन्।

मुलुकभित्रका मौलिक तर प्रचार हुन नसकेका संस्कृति फैलाउने अभियानमा बैंक स्थापनाकालदेखि नै सक्रिय रहेको उल्लेख गर्दै उनले आउँदा दिनमा पनि लोक, कला, संस्कृति र कलाकारलाई प्रवद्र्धन गर्न प्रतिबद्ध रहेको बताए।

प्रकाशित: १२ चैत्र २०७९ ०२:१३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App