२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

विराटनगरसम्म रेल सञ्चालनको माग

विराटनगर स्थित आइसीपी सम्म रेल सञ्चालन गर्न भारतसँग विराटनगरका उद्योगी व्यवसायीले माग गरेका छन्।  नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवको विराटनगर भ्रमणका क्रममा उद्योगी व्यवसायीहरूले  विराटनगरको आइसीपीसम्म रेल सेवा सञ्चालनका लागि माग गरेका हुन्।  

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले विराटनगर स्थित आइसीपी सम्म रेल  सेवा सञ्चालन गर्न माग गरे  । उनले भने‘विराटनगरको आइसीपी सम्म  रेलमार्ग निर्माण सम्पन्न भइसकेकाले चाँडो सञ्चालनका लागि पहल गरिदिन आग्रह गर्दै छौँ।’ रिजालले  जुटमा लगाइएको एण्टीडम्पीङ कर हटाउन, विराटनगर स्थित आइसीपीमा खाद्य ल्याबको व्यवस्था गर्न  पनि माग गरे। मोरङ व्यापार संघका पूर्व अध्यक्ष प्रकाश मुण्दडाले भारतको आर्थिक वृद्धि धेरै रहेको तर, नेपालको अवस्था कमजोर भएका कारण नेपाललाई पनि आर्थिक वृद्धिको बाटोमा सँगै हिँडाउन आग्रह गरे।

 उनले भारतले वेला वेलामा खाद्यान्न निर्यातमा  लगाउने प्रतिबन्धले नेपाली उद्योग व्यवसायमा असर पर्ने गरेकाले अन्य देशलाई प्रतिबन्ध लगाए पनि नेपाललाई छुट दिन माग गरे । कार्यक्रममा नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले विराटनगरको आइसीपी सम्म चाँडै रेल सेवा सञ्चालन गर्न भारत तत्पर रहेको बताए । उनले नेपालसँग व्यापारको कनेक्टीभीटी बढाउन भारत तयार रहेको स्पष्ट पारे । ‘भारत नेपालसँग व्यापार कनेक्टीभीटी बढाउन रेल सेवा सञ्चालनका लागि तयार छ ’उनले भने‘ रेल सञ्चालनमा नेपाल सरकार पनि तयार हुनुप¥यो।’ 

कार्यक्रममा राजदूत श्रीवास्तवले जुटको एण्टीडम्पीङ शुल्क हटाउने विषयमा, आइसीपीमा ल्याबको व्यवस्था गर्ने विषयमा पहल गर्न आफू तयार रहेको बताए। उनले  नेपालले निर्यात बढाउन पहल गरे भारत सहयोग गर्न तत्पर रहेको स्पष्ट पारे । श्रीवास्तवले भारत नेपालसँग व्यापार प्रबद्र्धनका लागि सहकार्य गर्न  सधैँ तयार रहेको स्पष्ट पारे। 

प्रकाशित: ९ चैत्र २०७९ १३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App