२२ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल जित्ने मौका

ग्लोबल आइएमई बैंकले दराजबाट १ रूपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत बैंकका ग्राहकले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी १ रूपैयाँ खर्च गरेर सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन्।

बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको यो योजना यही चैत्र ५ देखि ११ गतेसम्म रहने भएको छ। योजनाको अन्त्यमा, बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत १ रूपैयाँ भुक्तानी गर्ने र मोबाइल फोन खरिद गर्न चाहने कुल सहभागीहरूमध्ये १ जना विजेता छनोट गरिने बैंकले जनाएको छ।

छनोट भएका एक विजेताले १ रूपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन पाउने भएका छन्। योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानीलाई प्रवद्र्धन गर्नु रहेको बैंकको जनाएको छ।

प्रकाशित: ६ चैत्र २०७९ ०३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App