८ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

चीनका पाँच दर्जन लगानीकर्ता नेपालमा

नेपालमा लगानीका अवसरको सम्भावना अध्ययन गर्न करिब पाँच दर्जन चिनियाँ उद्योगी नेपालमा आएका छन्। विभिन्न ४७ वटा चिनियाँ कम्पनीमा आवद्ध लगानीकर्ता यहाँ आएका हुन्। उनीहरूले पूर्वाधार, सूचना प्रविधि र ऊर्जा क्षेत्रमा लगानी गर्ने बताइएको छ।

चिनियाँ राजदूतावासको संयोजनमा यहाँ आएका लगानीकर्ता मंगलबार नेपाल–चाइना बिजनेस फोरमले आयोजना गरेको कार्यक्रममा सहभागी हुनेछन्। नेपाल उद्योग परिसंघले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल पनि सहभागी हुने बताइएको छ। भ्रमणमा चाइना चेम्बर अफ इन्टरनेसनल कमर्स, काउन्सिल फर द प्रमोशन अफ इन्टरनेशनल ट्रेड, पावर चाइना इन्टरनेशनल, जेड्टीइ, बीवाइडी, हुवासिन, होङ्सी, हुवावे लगायतका कम्पनीका उच्च अधिकारी रहेका छन्।

यसैबीच, चिनियाँ वैदेशिक लगानी संस्थाका उपाध्यक्ष झाङ शाओगाङले नेपालको विकासमा साथ दिने बताएका छन्। उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठसँगको भेटमा उनले यस्तो बताएका हुन्। मन्त्री र चिनियाँ अधिकारीको भेटमा व्यापार तथा लगानी साझेदारीका विषयमा छलफल भएको बताइएको छ। 

प्रकाशित: ३० फाल्गुन २०७९ ०१:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App