२० असार २०८१ बिहीबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकको डिजिटल होली योजना

ग्लोबल आइएमई बैंकले मोबाइल बैंकिङ एप्लिकेशन तथा क्युआर पेमेन्ट प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले डिजिटल होली योजना सार्वजनिक गरेको छ। यो योजना अन्तर्गत ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत भुक्तानी गर्दा १५ प्रतिशत क्यास ब्याक पाइने छ।

यस योजनाअन्तर्गत होलीपर्व अर्थात् फाल्गुन २२ र २३ गते ग्लोबल स्मार्ट प्लसबाट क्युआर कोडमार्फत ग्राहकले ‘जीआईबीएल–आफ्नो मनपर्ने रङको नाम’ लेखी भुक्तानी गर्दा एक पटकको खरिदको १५ प्रतिशत क्यास ब्याक पाउने छन्।

बैंकले आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी समय–समयमा यस्ता योजनाहरू ल्याएर ग्राहकलाई प्रत्यक्ष रूपमा लाभान्वित गर्दै आएको जनाएको छ।

प्रकाशित: २२ फाल्गुन २०७९ ०२:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App