५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

गहुँको समर्थन मूल्य तोकियो

सरकारले चालु आर्थिक वर्षका लागि गहुँको समर्थन मूल्य निर्धारण गरेको छ। प्रतिक्विन्टिल गहुँको समर्थन मूल्य ३ हजार ३५१ रूपैयाँ तोकेको हो। व्यापारीहरूले सरकारले तोकेको मूल्यमा किसानबाट गहुँ खरिद गर्नुपर्नेछ।

यता सरकारले भारतबाट मल खरिद गर्नका लागि अनुमति दिएको छ। उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयले भारतबाट करिब १० हजार मेट्रिक टन गहुँ आयात गर्न सिफारिस गरेको छ। २० फर्मले गहुँ आयातका लागि अनुमति माग गरेका थिए।  

भारत सरकारले गत जेठमा गहुँ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा गहुँबाट बन्ने आँटा, मैदा लगायतका वस्तुको मूल्य बढेको थियो। नेपाल सरकारले गहुँ निर्यात गर्न भारतसँग अनुरोध गरेपछि ५० हजार मेट्रिक टन मल निर्यात गर्ने अनुमति दिएको थियो। त्यसपछि यहाँका फर्मले भारतबाट गहुँ आयातको प्रक्रिया अघि बढाएका हुन्।

प्रकाशित: १४ फाल्गुन २०७९ ०१:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App