५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अर्थ

माघमा पनि पुगेन राजस्व असुलीको लक्ष

विराटनगर भन्सार कार्यालयले माघमा पनि लक्ष अनुसार राजस्व संकलन गर्न सकेको छैन। आर्थिक वर्ष २०७९/८०को सुरुवाद देखि नै लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयले माघ महिनामा पनि लक्ष अनुसार राजस्व संकलन गर्न नसकेको विराटनगर भन्सार कार्यालयको तथ्यांकले देखाएको छ।  

विराटनगर भन्सार कार्यालयका अनुसार माघ महिनामा लक्षको ५३ प्रतिशत मात्रै राजस्व संकलन भएको छ। विश्वव्यापी आर्थिक मन्दीको प्रभाव भन्सारको राजस्व असुलीमा पनि देखिएको छ। विराटनगर भन्सार कार्यालयलाई माघ महिनाका लागि ५ अर्ब १५ करोड २६ लाख ४६ हजार राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सार कर्याालयले २ अर्ब ७३ करोड ११ लाख १५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ। पुस महिनाको तुलनामा राजस्व संकलनमा सुधार आए पनि लक्षको तुलनामा राजस्व संकलन न्यून देखिएको छ। 

पुस महिनामा विराटनगर भन्सार कार्यालयले ५ अर्ब २३ करोड ७८ लाख ४९ हजार रुपैयाँ राजस्व संकलनको लक्ष लिएकोमा लक्षको ४६ प्रतिशत मात्रै राजस्व संकलन गरेको थियो । पुस महिनामा विराटनगर भन्सार कार्यालयले २ अर्ब ४२ करोड ५९ लाख २७ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको थियो । यस्तै मंसिर महिनामा ४ अर्ब ९२ करोड ६१ लाख ४८ हजार रुपैयाँ लक्ष तोकिएकोमा  २ अर्ब ३३ करोड २६ लाख ८५ हजार रुपैयाँ मात्रै राजस्व संकलन गरेको छ।  

कात्तिक महिनामा ४ अर्ब ७७ करोड ५० लाख ७८ हजार राजस्व संकलनको लक्ष तोकिएकोमा विराटनगर भन्सारले २ अर्ब ९३ करोड ५८ लाख ७८ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। 

असोजमा ५ अर्ब ५ करोड ५० लाख ८२ हजार रुपैयाँ संकलनको लक्ष तोकिएकोमा २ अर्ब ७८ करोड ६७ लाख ८२ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। भदौमा ४ अर्ब ७६ करोड ८५ लाख २९ हजार रुपैयाँ लक्ष तोकिएकोमा ३ अर्ब ११ करोड १ लाख ८० हजार रुपैयाँ राजस्व संकलन गरेको छ। साउनमा ३ अर्ब ६४ करोड ८६ लाख ६१ हजार रुपैयाँ लक्ष तोकिएकोमा २ अर्ब ९५ करोड १४ लाख ७० हजार रुपैयाँ राजस्व संकलन भएको छ।

विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७९/८० को सात महिनाको अवधिमा लक्षको ५७।४२ प्रतिशत मात्रै राजस्व असुली गरेको छ। तथ्याँक अनुसार चालु आर्थिक वर्षको सात  महिनामा विराटनगर भन्सार कार्यालयले ३३ अर्ब ५६ करोड ३९ लाख ७२ हजार रुपैयाँ लक्ष  तोकिएको थियो। जसमा १९ अर्ब २७ करोड ४० लाख ४०  हजार रुपैयाँ मात्रै राजस्व असुली गरेको छ।  

प्रकाशित: ५ फाल्गुन २०७९ १३:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App