७ वैशाख २०८१ शुक्रबार
अर्थ

उर्लाबारीमा खानेपानी योजना विस्तार गरिंदै

मोरङको उर्लाबारी नगरपालिकामा खानेपानी योजना विस्तार गरिंदै छ। उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले ३९ करोड रुपैयाँको लागतमा उक्त योजना अगाडि बढाएको हो।

सबै नागरिकसमक्ष शुद्ध खानेपानीको पहुँच पु¥याउने उद्देश्यका साथ  उर्लाबारी-८ र ९ मा बृहत् सहलगानी योजनाअन्तर्गत खानेपानी योजना विस्तार थालिएको खानेपानी संस्थानका अध्यक्ष चिन्तामणि पौडेलले बताए। उनी भन्छन्, ‘उर्लाबारीमा खानेपानीको माग बढ्दो छ, मागलाई ध्यानमा राख्दै हाल ८ र ९ वडामा योजना विस्तार गरिरहेका छौं,आगामी आर्थिक वर्षमा वडा नं २ मा ट्यांकी निर्माण गर्छौं।’

सन् २०२७ सम्ममा उर्लाबारीका सबै वडामा खानेपानी विस्तार गर्ने लक्ष्य रहेको उनले बताए।

उर्लाबारी खानेपानी संस्थानले हाल वडा नं १, ३, ४, ५, ६ र ७ का साथै दमक-१० का केही भागमा खानेपानी वितरण गर्दै आएको छ। हाल उर्लाबारी ८ र ९ मा पाइप बिच्छ्याउने काम भइरहेको संस्थाले जनाएको छ। योजना विस्तारपछि वडा नं ८ र ९ का गरी २० हजारभन्दा बढी उपभोक्ता लाभान्वित हुनेछन्। २०५२ सालमा उर्लाबारी खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले खानेपानी योजना अघि बढाएको थियो। रासस  

प्रकाशित: २५ माघ २०७९ ०१:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App