२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महालक्ष्मी बैंकद्वारा संस्थागत कार्यक्रम सम्पन्न

महालक्ष्मी विकास बैंकका शाखाहरूद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम सम्पन्न गरिएका छन्।

बैंकको हेटौडा शाखाले मानव सेवा आश्रमलाई भवन निर्माणार्थ २० हजार रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। साहाराविहीन, अशक्त, असहाय, शारीरिक तथा मानसिक रूपमा कमजोर आदिका लागि खाना कपडा र बस्ने व्यवस्था गरी साहारा प्रदान गर्दै आएको मानव सेवा आश्रमलाई भवन निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यले बैंकले उक्त आर्थिक सहयोग प्रदान गरेको हो।

यस्तै बैंकको सुकेधारा शाखाले मैजुहिटी वडा ७ काठमाडौंमा अवस्थित टोखा जेष्ठ नागरिक समाजलाई टेबुल हस्तान्तरण गरेको छ। नगरपलिकाका वडा नम्बर १ देखि ११ सम्मका जेष्ठ नागरिकलाई पर्न सक्ने कठिन कार्यमा सहयोग पुर्‍याउन स्थापित यस समाजमा कार्यालय प्रयोजनार्थ बैंकले टेबुल प्रदान गरेको जनाएको छ।

प्रकाशित: १८ माघ २०७९ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App