७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

घरजग्गा व्यवसायीद्वारा मन्त्रीलाई ज्ञापनपत्र

नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष मीनमान श्रेष्ठसम्मिलित एक टोलीले नेपाल सरकारका नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री राजेन्द्रकुमार राईलाई भेटेर बधाइ तथा शुभकामना ज्ञापन गरेका छन्। साथै महासंघले घरजग्गा व्यवसायको क्षेत्रमा रहेका समस्या बारे मन्त्री राईलाई गम्भीर ध्यानाकर्षण गराउँदै आफ्ना माग तथा सुझाव समेटिएको ज्ञापनपत्र पेश गरेका छन्।  

अनधिकृत रूपमा व्यक्तिगत तवरले भइरहेको घरजग्गाको कारोबारलाई नियन्त्रण गर्न, व्यावसायिक क्षेत्रले समेत कित्ताकाट गर्न पाउनुपर्ने, अप्राकृतिक अंशवण्डालाई पूर्णरूपमा निषेध गर्नुपर्ने लगायतका १५ बुँदे मागसहित अध्यक्ष श्रेष्ठसहितको टोलीले ज्ञापनपत्र बुझाएका छन्।  

महासंघको उपरोक्त माग तथा सुझावहरू सरकारले सकारात्मक रूपमा लिई तिनलाई यथाशीघ्र कार्यान्वयन गर्नेछ भन्ने विश्वास लिएको अध्यक्ष श्रेष्ठले बताएका छन्।

प्रकाशित: १५ माघ २०७९ ०१:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App