४ वैशाख २०८१ मंगलबार
अर्थ

सिएनआई कोशी एक्स्पो विराटनगरमा माघ १९ बाट हुँदै

विराटनगरमा यही माघ १९ गतेदेखि अन्तर्राष्ट्रिय कृषि तथा औद्योगिक प्रदर्शनीसम्बन्धी ‘सिएनआई कोशी एक्स्पो २०७९’ हुने भएको छ।

माघ १९ गतेदेखि २८ गते सम्म एक्स्पो हुने आयोजक नेपाल उद्योग परिसंघ प्रदेश नं. १ ले मंगलबार इटहरीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको हो।

कोरोना माहामारी र त्यसपछिको प्रतिकुल परिस्थितीमा पनि उत्पादित वस्तु उपभोक्तासम्म पु¥याउँने र स्वदेशी एवम् विदेशी प्रविधिको बारेमा ज्ञान आदान–प्रदान गर्न एक्स्पो हुन लागेको हो। एक्स्पोमा प्रदेश नं. १ का १४ जिल्लाका विशिष्ट उत्पादनसँगै देशका अन्य भागमा उत्पादित वस्तु प्रदर्शनीमा राखिनुका साथै विदेशमा भएको प्राविधिक ज्ञान आदानप्रदान गरिनेछ।

एक्स्पोले नयाँ उद्योग र कम्पनिहरुलाई प्रोत्साहित पनि गर्ने सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए। उनका अनुसार एक्स्पोमा प्रदेश नं. १ का १४ जिल्लासँगै वीरगञ्ज, भैरहवा, नवलपरासी, काठमाडौं लगायतका प्रमुख औद्योगिक क्षेत्रका उद्योगहरुले एक्स्पोमा सहभागीताको सुनिश्चितता गरिएको छ। विराटनगरमा यसअघि लाग्दै आएका एक्स्पोहरुमा अहिलेसम्म सहभागीता नजनाएका चौधरी ग्रुप, यामाहा, सूर्य पेन्टस्, रुस्लान, न्यूट्री प्लस फुडलगायतका औद्योगिक उत्पादनले सहभागीता जनाउने भएका छन्।

एक्स्पोमा लोकप्रिय कृषि उत्पादनभित्र किवीदेखि बरमझियाको पेडासम्मको प्रदर्शनी र बिक्री वितरण हुने जनाइएको छ। कृषि, उपभोग्य वस्तु, मेसिनरी, अटो, अन्य सेवा, शिक्षा, स्वास्थ्य लगायतका अलग अलग क्षेत्र कायम राखेर स्टल एक्स्पोमा राखिने छ। एक्स्पोमा विद्यार्थीका निम्ति तारा मण्डल पनि प्रदर्शनीमा राखिने भएको छ।

एक्स्पोमा प्रवेशका लागि अनलाइन टिकेटको व्यवस्था मिलाइएको पनि जनाइएको छ। गेटमा टिकट काट्नुपर्ने परम्परागत कार्यको अन्त्य गर्न अनलाइन टिकेट राखिएको एक्स्पो सचिवालयले जनाएको छ।

विराटनगर–२ शंकरपुरमा एक्स्पो स्थल निर्माणको तयारी तीव्र पारिएको छ। स्टल बुकिङ अधिकांश भइसकेको जनाइएको छ। सीएनआईले एक्स्पोलाई ऐतिहाँसिक बनाउने घोषणा यसअघि नै गरिसकेको छ।

एक्स्पोमा पाँच लाख दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ। एक्स्पोका लागि मुख्य प्रायोजक रमपम तयारी चाउचाउ र प्रायोजक म्याजिक चप्पल रहेको छ।

प्रकाशित: १० माघ २०७९ १३:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App