४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
अर्थ

‘न्यु स्टाइल न्यु स्टेटमेन्ट’ सहित हुण्डाई भेन्यु सार्वजनिक

नेपालका लागि हुन्डाईको वितरक लक्ष्मी इन्टरकन्टिनेन्टलले ‘न्यु स्टाइल न्यु स्टेटमेन्ट’ ट्याग लाइनका साथ बजारमा नयाँ हुण्डाई भेन्यु सार्वजनिक गरेको छ। मुलुकभरिका ग्राहकको चाहनालाई आत्मसात गर्दै नयाँ अत्याधुनिक हुण्डाई भेन्युले बजारमा नयाँ बेञ्चमार्क कायम गर्ने कम्पनीको विश्वास छ।

नयाँ भेन्युले यसको सौन्दर्य डिजाइन, सुविधाहरू, प्रदर्शनको साथ विश्वव्यापी रूपमा नयाँ मापदण्ड स्थापित गर्ने कम्पनीले जनाएको छ। हुन्डाई भेन्युमा १.२ लिटर पेट्रोल इन्जिन र १.० लिटर टर्बो इन्जिन रहेको र यसले क्रमशः ५ स्पिड म्यानुअल र ७ स्पिड डीसीटीमा आउने कम्पनीले बताएको छ।

यस्तै यसमा १९५ एमएमको ग्राउन्ड क्लियरेन्स, एलोय ह्विलहरू, पडल ल्याम्प क्याम्प रूफ रेलको साथ सबै नयाँ स्थान सहर र साहसिक ड्राइभको लागि पूर्ण रूपमा उपयुक्त हुने लगायतका विशेषता भएको कम्पनीको दाबी छ।

प्रकाशित: ९ माघ २०७९ ०३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App