१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमईको १६ औं वार्षिकोत्सवमा स्वास्थ्य शिविर

ग्लोबल आइएमई बैंकले १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा महिला सशक्तीकरणको प्रयास स्वरूप निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ। बैंकले सबै प्रदेश समेट्ने गरी सप्ताहव्यापी निःशुल्क महिला स्वास्थ्य शिविर सञ्चालन गरेको हो।

बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशव्यापीरूपमा मेरी उनीलाई स्वस्थ नारी पहल अभियान अन्तर्गत सो स्वास्थ्य शिविर सञ्चालन भएको थियो।  

शिविरमा स्त्रीरोग विज्ञहरूले स्त्रीरोग सम्बन्धी महिलाहरूको स्वास्थ्य परीक्षण, पाठेघरको क्यान्सर (भीआईए) परीक्षण, गर्भाशय प्रोल्याप्स केसको उपचार, औषधी वितरण विभिन्न सेवाहरू लगायतका सेवा निःशुल्क रूपमा उपलब्ध गराएको छ ।

प्रकाशित: ६ माघ २०७९ ०३:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App