१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

मर्चेण्ट बैंकिङ्ग सेवाको ऐतिहासिक ३० वर्ष पूरा, सन्राईज क्यापिटलद्धारा बिषेश छुट

मर्चेण्ट बैंकिङ्ग सेवाको ऐतिहासिक ३० वर्षे कार्यकाल पूरा गरेको छ। नेपालको मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान बि. सं. २०४९ माघ १ गतेका दिन एनआईडिसि क्यापिटल मार्केट्सको नामबाट संचालनमा आएकोमा बि. सं २०६७ मा एनआईडिसि क्यापिटल मार्केट्सको सहायक कम्पनीका रुपमा एनसिएम मर्चेण्ट बैकिङ्गको नाममा दर्ता कायम भई मर्चेण्ट बैंकिङ्ग कारोवारलाई निरन्तरता दिँदै आईरहेको छ।

सनराईज बैंंकले बि. सं. २०७३ माघ २८ मा प्राप्ती गरे पश्चात् यस कम्पनी सनराईज बैंकको सहायक कम्पनीका रुपमा सनराईज क्यापिटलको नामबाट नेपालको पुँजी बजारको विकास र विस्तारमा मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा भएको छ।

मर्चेण्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको ३० वर्ष पूरा गरेको उपलक्ष्यमा २०७९ साल माघ १ गतेदेखि बिभिन्न सेवाहरुमा छुटका योजनाहरु ल्याएको छः

१) निःशुल्क डिम्याट खाता ३० दिनका लागि

२) निःशुल्क मेरो शेयर खाता ३० दिनका लागि

३) लगानी व्यवस्थापन सेवाको इन्ट्रि लोड शुल्कमा तीन वर्षका लागि ३० प्रतिशत छुट

४) ३० लाख र सो माथिको लगानी व्यवस्थापनका लागि इन्ट्रि लोड ३० दिनका लागि निःशुल्क

५) कसटोडियल सर्भिस को प्रशासनिक शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट

६) पहिलो ३० जना ग्राहकहरुलाई निःशुल्क कसटोडियल सर्भिस

७) संस्थागत परामर्श शुल्कमा ३० दिनका लागि ३० प्रतिशत छुट

नेपालमा पहिलो सामुहिक लगानी कोषको शुरुवात गरेको इतिहासलाई कायम राख्दै यस कम्पनीले हाल दुई वटा म्युचुअल फण्ड ‘सनराईज फस्र्ट म्युचुअल फण्ड’ र ‘सनराइज ब्लूचिप फण्ड’ को व्यवस्थापन गर्दै आईरहेको छ भने नयाँ म्युचुअल फण्ड ‘सनराईज फोकष्ड ईक्विटी फण्ड’ निष्काशनको क्रममा रहेको छ।

प्रकाशित: २ माघ २०७९ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App