१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

मुक्तिनाथ बैंकको सोह्रौं वार्षिक साधारणसभा सम्पन्न

मुक्तिनाथ विकास बैंकको सोह्रौं साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले आव २०७८/०७९ को वार्षिक प्रतिवेदन, आव २०७९/०८० को लागि लेखापरीक्षकको नियुक्ति लगायतका सामान्य प्रस्तावहरू सहित आव ०७८/०७९ को मुनाफाबाट सेयरधनीहरूलाई १४.२१०५ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ।

उक्त लाभांसश मध्ये १३.०५ प्रतिशत बोनस सेयर रहने छ भने बाँकी कर प्रयोजनको लागि नगद लाभांश हुने बैकले जनाएको छ। बैंकका सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालको अध्यक्षतामा सो साधारणसभा सम्पन्न भएको हो। साधारण सभामा अध्यक्ष ढकालले सञ्चालक समितिको तर्फबाट आव २०७८/०७९ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

प्रकाशित: २ माघ २०७९ ०५:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App