१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकको कारोबार २ दिन बन्द

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाडूबीच मर्जर भएपछि आगामी पुस २५ गतेदेखि ग्लोबल आइएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु हुने भएको छ।

यसअघि दुवै बैंकको साधारणसभाले ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड मर्जर गर्ने विशेष प्रस्ताव पारित गरेका थिए। यसका लागि नेपाल राष्ट्र बैंकबाट समेत अन्तिम स्वीकृति प्राप्त भइसकेको छ।

बैंकको मर्जरपछि एकीकृत वित्तीय कारोबार सुरु गर्न डाटा माइग्रेसनका लागि शनिबार र आइतबार २ दिनको लागि सम्पूर्ण बैकिङ सेवाहरू बन्द रहने भएको छ। सो अवधिमा बैंकको मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, डेबिट तथा क्रेडिट कार्ड, एटिएम तथा एजेण्ट मार्फत हुने रेमिट्यान्स सेवा भने यथावत रहने बैंकले जनाएको छ।

प्रकाशित: २४ पुस २०७९ ०४:२८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App