१३ आश्विन २०८१ आइतबार
image/svg+xml
अर्थ

ग्लोबल आइएमई बैंकद्वारा रक्तदान कार्यक्रम आयोजना

ग्लोबल आइएमई बैंकले १६ औँ वार्षिकोत्सवको उपलक्ष्यमा देशव्यापी रक्तदान कार्यक्रमको आयोजना गरेको छ।

बैंकले स्थापनाको १६ वर्ष पूरा गरी १७ औँ वर्षमा प्रवेश गरेको अवसरमा गत सोमबार सातै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमको आयोजना गरेको हो।

बैंकले प्रदेश १ को बिर्तामोड शाखा झापा, मधेश प्रदेशको मिर्चैया शाखा सिरहा, बाग्मती प्रदेशको कान्तिपथ शाखा काठमाडौं, बाग्मती प्रदेशको भरतपुर शाखा, चितवन, गण्डकी प्रदेशको न्यूरोड शाखा कास्की, लुम्बिनी प्रदेशको घोराही शाखा दाङ, कर्णाली प्रदेशको विरेन्द्रचोक सुर्खेत शाखा, र सुदूरपश्चिम प्रदेशको चौराहा धनगढी शाखा कैलालीमा रक्तदान कार्यक्रम गरेको जनाएको छ। देशभर आयोेजित कार्यक्रममा ५ सय १२ रक्तदाताहरूबाट २ सय ४२ लिटर रगत दान गरिएको बैंकले जनाएको छ।  

प्रकाशित: २० पुस २०७९ ०२:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App