२३ असार २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्से परिसूचक ५.८९ अंकले गिरावट

साताको दुई दिन लगातार रुपमा बढेको नेप्से बुधबार सामान्य अंकले गिरावट आएको छ। बुधबार नेप्से परिसूचक ५.८९ अंक घटेर १८६७.२२ बिन्दुमा झरेको छ। त्यस्तै,सेन्सेटिभ इण्डेक्स १.३१ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.११ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४० अंकले घटेको छ। बुधबार कारोबारमा आएका २५२ कम्पनीको २४ लाख ४० हजार कित्ता शेयर ८६ करोड ३८ लाख १६ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। 

बुधबार नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। मंगलबारको कारोबारमा ९३ करोड भन्दा बढीको शेयर कारोबार भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये बैंकिब उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक घटेको छ। जसमा बैंकिब उपसमूहको परिसूचक ०.२७ प्रतिशत बढेको छ। त्यस्तै, वित्त र अन्य उपसमूहको परिसूचक यस दिन १ प्रतिशतभन्दा बढी घटेको छ।

बुधबार नेप्से परिसूचकमा गिरावट आएपनि दुई कम्पनीको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। जसमा आँधीखोला लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्थाको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। त्यसैगरी, इष्टर्न हाइड्रोपावर र घलेम्दी हाइड्रोको शेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ। बुधवार एनआईसी एशिया बैंकले ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ

प्रकाशित: ६ पुस २०७९ १०:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App