१५ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

सांगीतिक कार्यक्रमको प्रायोजक ‘खुकुरी रम’

पोखरामा सुरु हुने ‘१० औं नेपाल लिटरेचर फेस्टिभल’ अन्तर्गत आयोजना हुने सांगीतिक कार्यक्रमको प्रायोजन खुकुरी रमले गर्ने भएको छ।

फेस्टिबलअन्तर्गत पुस ७ गते स्वर्गीय संगीतकार गोपाल योञ्जनको २५ औं स्मृति दिवसको अवसरमा विशेष सांगीतिक कार्यक्रम आयोजना हुनेछ। यसै क्रममा योञ्जनका गीतहरूको सँगालो ‘गोपालय’ पनि सोही अवसरमा विमोचन गरिने भएको छ।

फेस्टिबलमा यसबाहेक सबै सांगीतिक कार्यक्रमहरूको प्रायोजन पनि ‘खुकुरी रम’ले नै गर्ने भएको जनाएको छ। फेस्टिबलमा लोक-ब्याण्ड रैथाने र फ्यूजन गिटारवादक अनिल शाहीले पनि आफ्नो ब्याण्डसँगै विशेष प्रस्तुति दिने भएका छन्।

कम्पनीका इभेन्ट म्यानेजर सुदीक्षा अधिकारीले कला, साहित्य र संगीतप्रेमीहरूको विशेष उत्सव ‘नेपाल लिटरेचर फेस्टिभल’सँग सहकार्य गर्न पाउँदा आफूलाई गौरव महसुस भएको बताइन्। उनले लामो समयदेखि ग्राहकको मनमा बस्न सफल ‘खुकुरी रम’ उत्पादन गर्दा कम्पनीले मौलिकतालाई विशेष जोड दिने गरेको जनाउँदै कम्पनीले नेपाली मौलिकपनले ओतप्रोत लिटरेचर फेस्टिभल जस्ता कार्यक्रमलाई रोजेको बताइन्। 

प्रकाशित: ६ पुस २०७९ ०२:४१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App