२५ पुस २०८१ बिहीबार
image/svg+xml
अर्थ

साइकल संस्कृति बसाउन टुर दी पोखरा आयोजना हुने

‘टुर दी पोखरा’ कार्यक्रमबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा आयोजक साइकल सिटी पोखराका पदाधिकारी। तस्बिर: सन्देश/नागरिक

साइकल संस्कृति बसाउन पोखरामा ‘टुर दी पोखरा’ आयोजना हुने भएको छ। साइकल सिटी पोखराको आयोजनामा यही पुस दोश्रो साता पोखरामा ‘टुर दी पोखरा’ कार्यक्रम आयोजना हुने भएको हो। विगत ६ वर्षदेखि हुँदै आएको ‘टुर दी पोखरा’को छैटौं संस्करण ‘थोपा थोपा ईन्धन बचाऔं’ भन्ने नाराका साथ यही पुस ६ गतेदेखि हुने जानकारी सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिइएको हो।

साइकल सिटी पोखराले सन् २०१५ मा ‘स्वस्थ मुटु सबैका लागि, जहिले पनि जहाँ पनि’ भन्ने नाराका साथ ‘टुर दी पोखरा’ को शुभारम्भ गरेको थियो भने २०१६ मा ‘पावर योर लाइफ’, २०१७ मा ‘स्वास्थ्य, वातावरण तथा पर्यटनका लागि साइकल’ र सन् २०१८ मा ‘बोसो पगाल, इन्धन नबाल’, २०१९ मा ‘बर्न फ्याट नट फ्युल’ भन्ने नाराका साथ आयोजना गरेको थियो। सन् २०२० र २०२१ मा भने कोभिडका कारण यो कार्यक्रम भएको थिएन तर कोभिड संक्रमण घटेर जनजीवन सामान्य बनेसँगै साइकल सिटी पोखराले यो कार्यक्रमलाई निरन्तरता दिएको हो।

यस वर्षको ‘टुर दी पोखरा’ त्रिदिवसीय कार्यक्रमका साथ आयोजना गरिने आयोजक साइकल सिटी पोखराले जनाएको छ। कार्यक्रम अन्तर्गत पहिलो दिन पुस ६ गते दोस्रो राष्ट्रिय मेयर कप साइकल दौड प्रतियोगिता–२०१९ आयोजना हुने साइकल सिटी पोखराका संयोजक राजन गोंगजुले जानकारी दिए। पोखरा महानगरपालिकासँगको सहकार्यमा महिला, पुरुष र ४० वर्षमाथिको गरेर तीन ईभेन्टमा प्रतिष्पर्धा हुने उनले बताए। उनका अनुसार सबै ईभेन्टमा प्रथम हुनेलाई ३० हजार, दोस्रो हुनेलाई २० हजार, तृतीय हुनेलाई १० हजार र सान्त्वना हुनेलाई २÷२ जनालाई १०÷१० हजार नगदसहित मेडल र प्रमाणपत्र प्रदान गरिने संयोजक गोंगजुले जानकारी दिए।

‘टुर दी पोखरा’ कार्यक्रम अन्तर्गत पुस ७ गते साइकल ¥याली आयोजना हुने भएको छ। मन्दिरदेखि मन्दिरसम्म जोड्ने अभियान अन्तर्गत बागलुङको कालिका मन्दिरदेखि पोखराको विन्ध्यबासिनी मन्दिरसम्म (बहत्तर किलोमिटर) साइकल ¥याली हुने जानकारी साइकल सिटी पोखराका संस्थापक अध्यक्ष प्रकाश बज्राचार्यले दिए। त्यस्तै, ‘टुर दी पोखरा’को मुख्य कार्यक्रम अन्तर्गत अन्तिम दिन पुस ९ गते बृहत् साइकल ¥याली आयोजना गरिने जनाइएको छ। पोखराको प्रदर्शनी केन्द्रबाट सुरु हुने बृहत् साइकल ¥याली नयाँबजार, महेन्द्रपुल, पालिखेचोक, तेर्सापट्टी, नालामुख, विन्ध्यबासिनी मन्दिर, बागबजार, टुँडिखेल, हरिचोक, मिरुवा, जिरोकिलोमिटर, सभागृहचोक, विपीचोक, महेन्द्रपुल, रानीपौवा, शीतलादेवी मन्दिर, भद्रकाली स्कुल, मियापाटन, ३२ केभी, अमरसिंहचोक, कालिकाचोक, रामबजार, बुद्धचोक, पृथ्वीचोक हुँदै पुनः प्रदर्शनी केन्द्र नयाँबजारमै आएर समापन हुने संस्थापक अध्यक्ष बज्राचार्यले जानकारी दिए। ¥यालीमा बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य (मह) जोडीको उपस्थिति रहने उनले बताए। उनका अनुसार हरिवंशले साइकल नै चलाएर ¥यालीमा सहभागिता जनाउनेछन्।

सो दिनको ¥याली अघि रक्तदान कार्यक्रम हुनेछ भने ¥याली समापनपछि स्लो साइकल रेस प्रतियोगिता तथा सांगीतिक कार्यक्रम हुने जानकारी आयोजक साइकल सिटी पोखराका अध्यक्ष अभिषेक कोइरालाले दिए।

‘टुर दी पोखरा’ कार्यक्रमले साइकल संस्कृति बसाल्नुका साथै इन्धन बचाउन महत्वपूर्ण योगदान दिने विश्वास आयोजकको छ। ‘हामी धेरै नै सौखिन भयौं जसका कारण हिँडेरै पुग्ने वा साइकल चढ्दा हुने ठाउँमा मोटरसाइकल र कार चढ्न थाल्यौं, यसले हाम्रो वातावरण प्रदूषित त ग¥यो नै, सँगसँगै हाम्रो पैसा पनि विदेसियो, त्यसैले थोपा थोपा इन्धन बचाएर पैसा विदेश जानबाट जोगाउँदै वातावरण स्वस्थ राख्न योगदान गर्ने उद्देश्यले हामीले यो कार्यक्रम आयोजना गरेका हौं’– संयोजक गोंगजुले भने।

प्रकाशित: ५ पुस २०७९ ०२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App