coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

दराज ग्राण्ड इयर एन्ड सेल १२.१२ सुरु हुदैँ

नेपालको अनलाइन बजार दराजले आगामी २६ मंसिरदेखि ग्राण्ड इयर एन्ड सेल दराज १२.१२ सञ्चालनमा ल्याउने भएको छ। 

यस वर्षको ११.११ को व्यापक सफलता पछि दराजले वर्षको अन्तिम अभियान दराज १२.१२ दराज घोषणा गरेको हो। दराज ग्राण्ड इयर एन्ड सेल १२.१२ मंसिर २६ देखि सुरू हुने बताइएको छ।

यो ग्राण्ड इयर एन्ड सेल देशभरका ग्राहकहरूलाई आफूले मनपर्ने उत्पादनहरूमा छुट र अफरहरू प्राप्त गर्ने अर्को अवसर प्रदान गर्ने कम्पनीको भनाइ छ। कम्पनीको अनुसार १२.१२ एक बिक्री–सञ्चालित अभियान मात्र नभई देशभरका ग्राहकहरूलाई वर्षभरिको अपार विश्वास र वफादारीको लागि धन्यवाद दिने तरिका हो।

अभियानका मुख्य विशेषताहरूमा ७० प्रतिशतसम्मको मेगा डिल, ७ हजार रुपैयाँसम्मको मेगा भाउचर, १२ हजार १२ रुपैयाँ  सम्मको प्रिपेमेन्ट छुट, २.७ लाख रुपैयाँको ग्राण्ड एमआई ह्याम्पर गिभवे समावेश रहेको कम्पनीले बताएको छ।

बैंक र प्रिपेमेन्ट छुटको सन्दर्भमा ग्राण्ड इयर एन्ड सेलको समयमा किनमेल गर्ने ग्राहकहरूले क्रेडिट कार्डमार्फत १२ प्रतिशत (अधिकतम १२ हजार १२ रुपैयाँ) र डेबिट कार्डमार्फत १० प्रतिशत (अधिकतम  १ हजार रुपैयाँ) सम्मको छुट प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ। एभरेष्ट बैंक, एनएमबी बैंक, सानिमा बैंक र कामना सेवा बैंकका ग्राहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन्। 

दराज १२.१२ मा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादनमा विशेष डिल र छुटहरू उपलब्ध हुने कम्पनीले जनाएको छ। ग्राहकले आफ्नो आइ एम ई–वालेटमार्फत भुक्तानी गरेमा १२ प्रतिशत अधिकतम ३३३ रुपैयाँको थप छुट पाउनेछन्।

दराज १२.१२ मा प्रमुख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डहरूको उत्पादनमा विशेष डिल र छुटहरू उपलब्ध हुने बताइएको छ। ग्राहकहरूले आफ्नो मनपर्ने ब्रान्डहरूमा ७० प्रतिशतसम्मको छुट प्राप्त गर्ने कम्पनीले बताएको छ।

अभियानका लागि डायमण्ड पार्ट्नर्समा बाल्ट्रा, वाओ, स्काईवर्थ र प्यानसनिक छन् भने गोल्ड पार्ट्नर्सहरूमा मामाअर्थ, फ्याँकैरा र जिन्सवेस्ट रहेको कम्पनीले जानकारी दिएको छ।

कम्पनीका अनुसार दराजका सबै प्रमुख क्याम्पेनहरू जस्तै १२.१२ मा पनि धेरै लोकप्रिय खेल एक रुपैयाँ पनि रहेको छ। जहाँ ग्राहकहरूले मात्र रु १ मा हजारौं मूल्यका उत्कृष्ट उत्पादनहरू जित्ने मौका पाउँछन्। ग्राहकहरूले केवल १ रुपैयाँमा स्काईवर्थ वासिङ मेसिन, हुण्डाई नन-डिजिटल वाटर हिटर, रेडमी ए १ र बोन हलिडेज ३ दिनको पोखरा टुरका लागि पुरस्कारहरु प्राप्त गर्न सक्ने कम्पनीले बताएको छ।

सहभागी हुनको लागि ग्राहकहरूले अनलाइन प्रीपेमेन्ट मार्फत रु १ अग्रिम भुक्तानी (प्रिपे) गर्नु पर्ने छ। एक पटक अफर समाप्त भएपछि सबै सहभागीहरूलाई रु १ फिर्ता गरिने कम्पनीको भनाइ छ।

प्रकाशित: २५ मंसिर २०७९ ११:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App