२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

राष्ट्र बैंकले ब्याजदर अन्तर घटायो

मौद्रिक नीति समीक्षा

उद्योग, व्यवसायीले चर्को ब्याजदरको विरोध गरिरहेको बेला नेपाल राष्ट्र बैंकले ब्याजदर अन्तर (स्प्रेड दर) घटाएको छ।

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको प्रथम त्रैमासको समीक्षामार्फत ब्याजदर वृद्धिमा नियन्त्रण गर्नका लागि स्प्रेड दर घटाएको हो।

बैंकले आइतबार समीक्षा सार्वजनिक गरेको छ। समीक्षा मार्फत राष्ट्र बैंकले ब्याजदर नबढ्ने नीति अगाडि सारेको छ। राष्ट्र बैंकले बैंकको स्प्रेड दर घटाएर ४ प्रतिशत कायम गरे पछि ब्याजदर बृद्धिमा लगाम लागेको छ। ४.४ प्रतिशतको स्प्रेड दर घटाएर ४ प्रतिशत कायम गरेको नेपला राष्ट्र बैंकले जनाएको छ। यसबाट बैंक तथा वित्तीय संस्थाहरूलेकर्जाको ब्याजदर तय गर्दा लिने प्रिमियम दर घट्न गई कर्जाको ब्याजदरमा समेत सन्तुलन आउने अपेक्षा गरिएको छ। प्रिमियमसम्बन्धी व्यवस्थाकोनियमित अनुगमन समेत गरिनेछ।

तरलतामा देखिएको दबाबलाई दृष्टिगत गरी बैंक तथा वित्तीय संस्थाले तोकिएको क्षेत्रमा कर्जा प्रवाह नगरेमा २०८० असार मसान्तको आधारमा २०८० पुसदेखि हर्जाना गणना गर्ने व्यवस्था मिलाएको छ। चालुपूँजी कर्जासम्बन्धी मार्गदर्शनलाई प्राप्त सुझाबका आधारमा सम्बोधन गर्ने भएको छ।

सरकारले आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीतिमा लिइएको लक्ष्य तथा प्रक्षेपणहरूलाई यथावत राखेको छ। मौद्रिक उपकरणहरूलाई निरन्तरता दिएको छ। समीक्षामा भुक्तानी प्रणालीमा कुनै व्यवधान आउन नदिने, परिलक्षित कर्जा प्रवाहलाई सहयोग पुर्‍याउने र तत्काल ब्याजदर थप बढ्न नदिने गरी तरलता व्यवस्थापन गर्ने नीति लिइएको छ।

कृषि क्षेत्रसँग सम्बन्धित पब्लिक लिमिटेड कम्पनीहरूले दोस्रो बजारमा जारी गरेको ऋणपत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानीलाई यस बैंकले उक्त क्षेत्रमा न्यूनतम कर्जा लगानी गर्नुपर्ने गरी तोकिएको सीमामा गणना गर्न पाउने व्यवस्था गरेको छ।

प्रकाशित: १२ मंसिर २०७९ ०१:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App