१ पुस २०८२ मंगलबार
image/svg+xml
प्रवास

गैर आवासीय नेपाली संघको अध्यक्षमा श्रेष्ठ सर्वसम्मत

गैर आवासीय नेपाली संघ (एनआरएनए) फ्रान्सको एघारौं महाधिवेशनबाट मिनबहादुर श्रेष्ठ अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन्। केन्द्रीय प्रतिनिधि परशुना कंडेलका अनुसार आइतबार सम्पन्न महाधिवेशनमा सबै पदमा निर्विरोध निर्वाचन भएको हो।

महाधिवेशनबाट ११ सदस्यीय कार्यसमिति र १ जना आईसीसी सदस्य सर्वसम्मतिले निर्वाचित भएका छन्। 

कार्यसमितिको उपाध्यक्षमा लालबहादुर सोडारी चन्द, महिला उपाध्यक्षमा निर्मला शाही, महासचिवमा राजु बस्नेत खप्तडी, र कोषाध्यक्षमा निरज सोडारी चन्द चयन भएका छन्। महिला प्रतिनिधिमा यामकला पौडेल र युवा प्रतिनिधिमा मानबहादुर बिक चयन भएका छन्।

सदस्यहरूमा सन्दिपा गुरुङ, रम्बा तामांग, प्रकाश तामांग र कृष्ण महर्जन छन्। आईसीसी सदस्यमा लोकबहादुर पुन निर्वाचित भएका छन्।

प्रकाशित: ३० असार २०८२ ०८:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App