६ वैशाख २०८१ बिहीबार
प्रवास

जापानमा भित्रीयो अर्ना

जापानमा नेपाली खाद्य पदार्थ चाउचाउ देखि खुकुरी रम मादक पदार्थ सहित एक दर्जन बढि नेपाली उत्पादनको विक्रि वितरण गर्दै आएको मयुर कर्पोरेशनले एकसाथ चारवटा नयाँ वस्तु विक्रि थालनीको घोषणा गरेको छ। 

दुई दशक बढि समयदेखी जापानमा नेपाली वस्तु तथा सेवाको प्रचार, विक्रि वितरण र प्रर्बद्धन गर्दै आएको व्यावसायिक संस्था मयुर कर्पोरेशनले राजधानी टोक्योमा एक कार्यक्रमको आयोजना गरि थप नेपाली उत्पादनको बिक्री वितरण सुरु गरेको हो।

कार्यक्रममा नेपाल जापान चेम्बर अफ कमर्शका अध्यक्ष तथा अन्तराष्ट्रीय अधिवक्ता बलराम श्रेष्ठ,मयुर कर्पोरेशन का अध्यक्ष अरुण श्रेष्ठ,नेपाल पत्रकार महासंघ जापान शाखाका अध्यक्ष शान्त पहरी, एनआरएनए जापानका कार्यबाहक अध्यक्ष नबिन निउरे र पत्रकार महासंघ जापान शाखाका संस्थापक अध्यक्ष तिलक मल्लले संयुक्त रूपमा नयाँ उत्पादन सार्वजनिक गरे।

कार्यक्रममा कर्पोरेशनले अर्ना नामको दुई प्रकारका वियरको विक्रि थालनीको घोषणा गरेको छ। जसमा ५.५ प्रतिशत मात्रा अल्कोहल र ८ प्रतिशत अल्कोहल रहेको स्ट्रोगं अर्ना बियरको विक्रि सुरूवात गरेको छ।

अन्तर्राष्ट्रिय स्तरको प्याकिगं सहित कर्पोरेशनले नेपालमा हालसम्मकै धेरै मात्रा अल्कोहल रहेको अर्ना बियरको जापान विक्रि वितरण सुरुवात गरेको हो। जापानमा रहेका नेपाली रेष्टुरेण्ट तथा नेपालीहरु सहित जापानी बजारलाई लक्षित गरेर अन्तर्राष्ट्रिय स्तरको बोटल प्याकिगं र गुणस्तर सहित बियरको जापान विक्रि थालिएको सो अवसरमा जानकारी दिइएको छ।

यसैगरि नेपालमा सरकारी स्वामित्वको डिडिसी पछि सबैभन्दा धेरै विक्रि वितरण र रुचाइएको निजि क्षेत्रको सफल डेरीको घिउको विक्रि पनि मयुर कर्पोरेशनले जापानमा थालेको छ। स्वाद र गुणस्तरको ग्यारेन्टि सहित विक्रि थालिएको घिउको वास्ना र स्वाद घरमै बनाएको घिउ सरह रहेको कर्पोरेशनका प्रमुख अरुण श्रेष्ठले दाबी गरे।

यसैगरि वाईवाई चाउचाउको दुई नयाँ उत्पादन अकबरे र पिजा चाउचाउको विक्रि समेत सुरुवात घोषणा गरिएको छ। नेपाली उपभोक्तामाझ सर्वाधिक लोकप्रिय वाईवाईको अकबरे चाउचाउ धेरै पिरो मन पराउनेहरुका लागि उपयुक्त र पिजाको स्वादमा खान चाहनेहरुका लागि पिजा चाउचाउ स्वादिष्ट रहेको सो अवसरमा जानकारी दिइयो।

कार्यक्रममा बोल्दै सहभागीहरुले नेपाली वस्तु तथा सेवाको जापानमा विक्रि बढ्नु जापानमा नेपालीहरुको लागि सेवासँगै व्यापार पनि भएको बताउँदै यसले नेपालमा औद्योगिक वातावरणमा टेवा पुग्ने धारणा राखेका थिए।

विदेशमा रहेका नेपालीहरुले जतिसक्दो नेपाली वस्तु तथा सेवाको प्रयोग गरेमा देशमा उद्योग कलकारखाना प्रर्बद्धनमा सहयोग पुग्ने र यसले देशमा रोजगारी सृजना र पुँजी समेत नेपाल भित्रने भएकाले विदेशमा रहेका नेपालीहरुले आफ्नो देशको उत्पादन खपतसँगै प्रर्वद्धनमा समेत सकारात्मक भुमिका खेल्नुपर्ने सहभागीहरुको धारणा रहेको थियो।

प्रकाशित: २७ कार्तिक २०७९ १५:४९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App