८ वैशाख २०८१ शनिबार
प्रवास

नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशन सम्पन्न

नेपाल पत्रकार महासंघ जापान शाखाको पाँचौं अधिवेशनले शान्त पहरीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको छ। शाखाको आईतबार सम्पन्न अधिवेशनबाट १६ मत प्राप्त गरी पहरी अध्यक्षमा निर्वाचित भएका हुन्।

अध्यक्षका प्रत्यासीहरु पुर्ण बहादुर चलाउने, कवि किरण न्यौपाने र दिपक गौतमले क्रमशः ६, ११, १४ मत प्राप्त गरेका थिए। त्यसैगरी, अधिवेशनबाट उपाध्यक्षमा रविन्द्र श्रेष्ठ निर्वाचित भएका छन्। उपाध्यक्षमा विजेता श्रेष्ठले १८ मत पाउँदा उपविजेता गोकर्ण अधिकारीले १७ मत प्राप्त गरेका थिए भने विनोद कुमार सापकोटाले ११ मत पाएका थिए।

यसैगरी, महिला उपाध्यक्षमा ईन्दिरा खनाल निर्विरोध चयन भएकी छिन्। महिला उपाध्यक्षमा खनालको एकल उम्मेद्वारि परेको थियो। सचिवमा राजन गौतम निर्विरोध निर्वाचित हुँदा सह सचिव समावेशी तर्फ सजिना मोक्तान र सह सचिव खुल्ला तर्फ विश्वास आचार्य निर्विरोध निर्वाचित भएका छन्। कोषाध्यक्षमा अर्जुन लामिछाने निर्विरोध चयन भएका छन्।

यसैगरी, सदस्यहरुमा लक्ष्मि पौडेल, कृष्ण प्रसाद अधिकारी, विकास लम्साल, भुपेन्द्र केसी, विष्णु प्रसाद सापकोटा,दुबल सिंह, गुरुग प्रेमश र फुर्वा शेर्पा निर्वाचित भएका छन् भने जापानबाट केन्द्रीय प्रतिनिधिका लागि मनिषा चौलागाई र राजविन थापालाई सर्वसम्मत चयन गरिएको छ। नवनिर्वाचित पहरी फोनिज जापानका संस्थापक अध्यक्ष समेत हुन्। संचारकर्ममा निकै सक्रिय रहँदै आएका उनि जापानबाट सञ्चालित मातृसन्देश डटकमका प्रधान सम्पादक हुन्।

प्रकाशित: २० कार्तिक २०७९ १७:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App