फोनमा उनीहरुले आफूहरु ओहायोमा रहेको बताएका थिए। उनीहरुले ९११ फोन गरेको अडियो क्लिपसमेत प्रहरीले बरामद गरेको छ।तत्कालै बस भएको स्थानमा पुगेको प्रहरीले सुरक्षा जाँच गर्दा विस्फोटक पदार्थ भने फेला पारेन। पक्राउ परेका धिमालमाथि प्रहरीले अमेरिकाको कानुन अनुसार आतंक फैलाएको आरोप लगाएको छ भने कोइरालामाथि आतंक फैलाउन मद्दत गरेको आरोपमा मुद्दा चलाइएकोे छ।
सो घटनामा अदालतले धिमालसँग २५ हजार अमेरिकन डलर धरौटी मागेको छ। अदालतमा चलेको बहसका क्रममा धिमालको स्वास्थ्य अवस्था ठिक नभएको भन्दै स्वास्थ्य परिक्षण गरिने भएको छ। उनीहरु दुवैलाई प्रहरीले सोमबार अभियोग सामना गर्न पोइनसेभिल नगर अदालतमा हाजिर गराएको थियो। भाषा अनुवादकको सहयोगमा उनीहरुबारे अदलतमा पाँच घण्टासम्म बहस चलेको थियो। अदालतले कोइरालालाई भने परिवारको जिम्मा लगाएर रिहा गरेको छ।
प्रकाशित: २ वैशाख २०७२ ०४:४२ बुधबार





