५ माघ २०८२ सोमबार
image/svg+xml
प्रवास

मोबाइलमा कुरा गर्दागर्दै साउदीमा एक नेपालीको मृत्यु

खोटाङ–साउदी अरबमा एक नेपालीको मोबाइलमा कुरा गर्दागर्दै मृत्यु भएको छ। ओछ्यानमा ढल्केर आफन्तसँग बोल्दाबोल्दै खोटाङको दिक्तेल नगरपालिका–५ का ३२ वर्षीय टिकाराम भनिने बिशाल राईको मृत्यु भएको हो।दिउँसोको खाना खाने समयमा मोबाईलमा कुरा गर्दागर्दै बिशालको मृत्यु भएको जानकारी आएको आफन्त सन्तोष राईले बताए। केही बेरअघिसम्म फोनमा कुरा गरिरहेका राई खाना तयार भएपछि बोलाउन जाँदा मृत अवस्थामा फेला परेको पारिवारिक श्रोतले जनाएको छ। गत वर्ष साउदी अरब पुगेका उनको मृत्युको कारण खुल्न सकेको छैन। मृतक राईका श्रीमती, एक छोरी र दुई छोरा छन्।

प्रकाशित: ३१ वैशाख २०७३ २३:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App