२१ पुस २०८२ सोमबार
image/svg+xml
प्रवास

अन्तर्राष्ट्रिय वैज्ञानिक सम्मेलन काठमाडौंमा

लन्डन—आगामी सेप्टेम्बरमा विश्वका करिब दुई दर्जन देशका वैज्ञानिकहरुको अन्तर्राष्ट्रिय सम्मेलनको काठमाडौंमा आयोजना हुने भएको छ। सेप्टेम्बर १८ देखि २३ सम्म चल्ने सो सम्मेलनमा अमेरिका, जर्मनी, जापान, फ्रान्स, स्वीजरल्याण्ड, बेलायत, नर्वे, इटाली, चीन र भारतलगायत विश्वका ३० राष्ट्रका वैज्ञानिकहरु सम्मेलनमा सहभागी हुने भएका छन्।

सम्मेलन आयोजक समितिका संयोजक तथा लिभरपुल विश्वविद्यालयका सहप्राध्यापक डा. हेमराज शर्माका अनुसार सम्मेलनमा भौतिकशास्त्र, रसायनशास्त्र र ईञ्जिनियरिङ क्षेत्रमा प्राप्त गरेका एकसय भन्दा बढी शोधपत्र प्रस्तुत हुनेछन्। हरेक तीन बर्षमा आयोजना हुने यस्तो सम्मेलन पहिलो पटक नेपालमा आयोजना हुन लागेको संयोजक डा.शर्माले बताए ।

नोबेल पुरस्कार बिजेता प्रख्यात वैज्ञानिकसहित दुईसय जनाको सहभागी हुने उक्त सम्मेलनका लागि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न समिति गठन गरिएको छ। सम्मेलनको सभापतिमा जापानको तोहोकु युनिभर्सिटीका प्राध्यापक आन पाङ चाई र स्थानीय सम्मेलन ब्यवस्थापन समितिको संयोजक प्राध्यापक नारायणप्रसाद अधिकारीलाई तोकिएको छ।
chiran
विश्वभरिका वैज्ञानिक सम्मिलित सम्मेलनको अन्तर्राष्ट्रिय सल्लाकार बोर्डको निर्णय बमोजिम काठमाडौंमा आयोजना गरिन लागिएको डा. शर्माले बताए। करिब १ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। गोर्खा भूकम्पपछि पनि नेपाल भ्रमण गर्न सुरक्षित छ भन्ने म्यासेज दिन तथा विज्ञान र प्रविधिको क्षेत्रमा नेपाललाई विश्व सामु चिनाउन सम्मेलन महत्वपूर्ण हुने डा. शर्माले नागरिक ज्युजलाई बताए ।

धुलिखेलस्थित एक रिसोटमा आयोजना हुने सो सम्मेलनका केही कार्यपत्रहरु काठमाडौं विश्व विद्यालय तथा त्रिभुवन विश्व विद्यालयमा प्रस्तुत गरिने छ। सम्मेलनको लागि नेपाल सरकारलाई आर्थिक दायित्व नपर्ने गरी अन्तर्राष्ट्रियदाता र गैरआवासीय नेपालीको सहयोग रहने डा. शर्माले जनाए। यसअघि अमेरिका, जर्मनी, जापान, स्वीजरल्याण्डलगायतका देशमा त्यस्तो सम्मेलनको आयोजना गरिएको थियो। नेपालमा आयोजाना हुने सो सम्मेलन १३ औं संस्करण हो।

प्रकाशित: ३१ वैशाख २०७३ ०१:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App