१९ पुस २०८२ शनिबार
image/svg+xml
प्रवास

नेजाको पाँचौ अधिवेशनबाट भोलाको अध्यक्षतामा नयाँ कार्यसमिति

अमेरिका–नेपाल अमेरिका पत्रकार संघ (नेजा)को पाँचौ अधिवेशनले भोला आचार्यको नेतृत्वमा सबै कार्यसमितिलाई निर्वार्चित गरेको छ । अमेरिकाको लसएन्जलसस्थित हिमालयन काउजिनमा नेजाको अधिवेशन आइतबार भएको थियो।नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष महेन्द्र विष्टले एक कार्यक्रमबीच अधिवेशनको उद्घाटन गरेका हुन्। नेपालमा पत्रकारिता गरेर विभिन्न किसिमले अभेरिकालाई कर्मथलो बनाएका पत्रकार को संस्था नेजाको कार्यसमितिमा उपाध्यक्षमा गुणराज लुँईटेल, महासचिवमा तोयानाथ दाहाल, सचिवमा अग्नी चौलागाईं, कोषध्यक्षमा शैलेस पोख्रेल निर्वाचित भएका छन्। त्यसैगरी क्षेत्रिय संयोजकमा विष्णु शितल, ध्रुव कुँबर, विष्णुहरि घिमिरे, किसन रेग्मी र सदस्यमा अनुज थापा, सन्दिप चौधरी बालकृष्ण जोशी रहेका छन्।

अधिवेशनले आगामी दुई वर्षका लागि नयाँ नेतृत्व चयन गरेको हो। कार्यसमितिको अध्यक्षका लागि भोला आचार्य, गुणराज लुँईटेल र तारा बरालले उम्मेदवारी घोषणा गरे पनि सहमतिको आधार नेतृत्व चयन गरिएको थियो।

अधिवेशनमा भाग लिन विभिन्न राज्यबाट नेजाका सदस्य, प्रतिनिधि तथा शुभेच्छुक लसएञ्जलस पुगेका थिए। अधिवेशनमा मेरिल्याण्ड, भर्जिनिया, टेक्सस, कोलोराडो, क्यालिफोर्निया, न्युयोर्क, नर्थक्यारोलिना, ओक्लोहामालगायत सत्र भन्दा बढी राज्यबाट सहभागिता रहेको छ। नेजाको पाँचौ अधिवेशन तथा दशौं वार्षिक साधारण सभाको सफलताको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले शुभकामना सन्देश पठाएका थिए।

कुल १ सय ४८ सदस्यमध्ये ११ जना आजीवन सदस्य र १ सय ३७ जना साधारण सदस्यले यस अधिवेशनमा भाग लिनेछन्। सन् २००७ मा गठित नेजाले अमेरिका र नेपालबीच पत्रकारिताको माध्यमबाट कुटनीतिक सम्बन्धलाई बलियो बनाउँदै आएको छ।

प्रकाशित: २७ वैशाख २०७३ ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App