न्यूयोर्क– मध्यपश्चिम तथा दक्षिणपूर्वी अमेरिकामा बसोबास गर्ने नेपालीहरुको संस्था आन्मा र नासाको संयुक्त सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ।
संयुक्त सम्मेलनका लागि नेपाल चौतारीका अध्यक्ष बलराम पन्थीको अध्यक्षतामा नासा र आन्माको संयुक्त नौ सदस्यीय मुल आयोजक समिति गठन गरिएको छ। सम्मेलनको सफलताका लागि अमेरिकामा रहेका नेपाली समुदायलाई सहभागी हुन नासाका अध्यक्ष विमल नेपाल, आन्माका अध्यक्ष शुसिल शर्माले संयुक्त आव्हान गरेका छन्। सम्मेलनमा नेपालबाट विशिष्ठ पाहुनाहरु, ख्याती प्राप्त कलाकारहरुको समुह तथा अमेरिकामा रहेका व्यवसायिक तथा विशिष्ट व्यक्तित्वहरुको उपस्थिति हुने नासाका महासचिव शिव विष्टले बताए।
प्रवासमा नेपाली भाषा साहित्य संस्कृतिको संरक्षण, नेपालीहरुबीच आपसी भाइचारा बढाउन एकताका लागि फलदायी हुने भएकोले कार्यक्रममा विभिन्न विषयमा विचार गोष्ठी, नेपाली संस्कृति झल्काउने गीत–संगीत, मनोरन्जनात्मक कार्यक्रम, खेलकुद र सूचना प्रविधि बारेमासमेत जानकारीमूलक हुने भएकोले सो सम्मेलन ऐतिहासिक हुने नासाका महासचिव विष्टले बताए। हरेक वर्ष आयोजना हुँदै आइरहेकोे ११ औं संयुक्त सम्मेलन नर्थ क्यारोलिनाको हाई प्वाईन्टमा टिएनसिसिको संयोजनमा सम्पन्न भएको थियो।
प्रकाशित: १७ वैशाख २०७३ ०८:४९ शुक्रबार





