न्यूयोर्क—नेपाली कांग्रेसका महामन्त्री शशाङ्क कोइरालाले आफ्नो उपस्थितिमा जनसम्पर्क समिति अमेरिकामा देखिएको विवाद तत्कालका लागि मिलाएका छन्। केही दिनको लागि अमेरिका भ्रमण रहेका महामन्त्री कोइरालाले नेपाल जनसम्पर्क समिति अमेरिकामा देखिएको विवादको प्रभाव आफ्नो कार्यक्रममा समेत देखिएपछि दुवै पक्षलाई एकै ठाउँमा कार्यक्रम गर्न लिखित सहमति गराएका हुन्।
अध्यक्ष आनन्द विष्टले आयोजना गरेको कार्यक्रममा असन्तुष्ट पक्ष नआउने भन्दै समय समेत जुधाएर कार्यक्रम गर्न लागेपछि महामन्त्री कोइरालाले असन्तुष्ट पक्षलाई कार्यक्रममा आउन गरेको आग्रहअनुसार महासचिव मुनेन्द्र नेम्वाड समुह सहमतिमा हस्ताक्षर गर्दै कार्यक्रममा सहभागी भएका हुन्।
सो कार्यक्रममा बोल्दै महामन्त्री कोइरालाले व्यक्तिगत भन्दा विचारमा फरकपन आएमा मात्रै पार्टी जिवन्त हुने बताउँदै आइन्दा यस्ता विवाद नगर्न आग्रह गरे। उनले पार्टीमा वीपीको पालामा पनि विवाद असहमति हुने गरेको स्मरण गर्दै महामन्त्री कोइरालाले भने विचारमा जति विवाद गरे पनि हुने धारणा व्यक्त गरे। जब पार्टीमा गु्रपीजम हुन्छ त्यो ज्यादै खतरनाक हुने समेत उनल स्पष्ट पारे। नेपाली कांग्रेसलाई पैसाको अबश्यकता नभएको र कोही कसैले मागेमा पनि विदेशमा बस्ने जनसम्पर्क समितिका साथीहरुले दिन नहुने भन्दै बरु नेपाली कांग्रेसलाई बुद्धि तथा ज्ञानगुनका खाँचो रहेको बताए।
नेपाली कांग्रेसलाई आधुनिकरणतर्फ लैजानसमेत आफूले छिटै नै पहल गर्ने कोइरालाले उल्लेख गरे।
नेपाली जनसम्पर्क समिति अमेरिकाका अध्यक्ष आनन्द बिष्टले जनसम्पर्क समिति अमेरिकाको विवाद निबारण गर्ने महामन्त्रीले जुन पहल गर्नु भयो त्यसको लागि धन्यबाद दिँदै समितीका साथीहरु बीचमा आपसी बिबादलाई सुल्झाउन नेपाल जनसम्र्पक समिती केन्द्रिय कमिटी बिधि र बिधानसम्मत जस्तोसुकै कुरा सुन्न पनि तयार रहेको बताए। अध्यक्ष बिष्टले नेपाली जनसम्पर्क समितिका केही सदस्यहरुलाई तीन महिनाको लागि गरिएको कारर्बाही पनि आजैको मिती अप्रिल २३ तारिकबाट खारेज भएको जनाएका छन्।
नेपाल जनसम्पर्क समितिका महासचिब मुनेन्द्र नेम्बाङ्गद्धरा सञ्चालन गरिएको सो कार्यक्रममा नेपाल जनसर्मक समिती लङ्ग आईल्यण्ड तथा न्युयोर्क च्याप्टरका बिश्वराज बाँस्तोल तथा रोशन ढुङ्गानाले मन्तब्य राखेका थिए ।
प्रकाशित: १२ वैशाख २०७३ २२:५८ आइतबार





