१९ पुस २०८२ शनिबार
image/svg+xml
प्रवास

लन्डनमा पत्रकारले मनाए नयाँ बर्ष

लन्डन- बेलायतमा रहेका नेपाली पत्रकारहरुले नयाँ बर्ष–२०७३ मनाएका छन्। शनिवार लन्डनस्थित फेल्थानमा शुभकामना साँझ तथा सांस्कृति कार्यक्रम आयोजना गरी नयाँ वर्ष मनाइएको हो।


कार्यक्रममा स्थानीय कलाकारहरुले विविध संस्कृति कार्यक्रम प्रस्तुत गरेका थिए। गायकहरु सुजन पराजुली, दिब्यानी शर्मा, बिजय घिमिरे, चाँद लामालगायतले आ–आफ्नो प्रस्तुति दिएका थिए। पत्रकार नरेन्द्र बस्नेतले सञ्चालन गरेको उक्त कार्यक्रममा टिया आचार्य, बेन्सन बस्नेत, कपील गौतम, दिपा गिरी थापा, रश्मी गौतम, परशुना कंडेल, युक्ति विमलीलगायतले नृत्य प्रस्तुत गरेका थिए।

कार्यक्रमको उद्घाटन बेलायतका लागि कार्यवाहक राजदूत तेजबहादुर क्षेत्रीले गरेका थिए । क्षेत्रीले गतबर्ष नेपालमा भूकम्पले अकल्पनीय घट्ना घटाएको बताए । उनले नयाँ संविधान कार्यान्वयनमा आउने र नयाँ बर्ष २०७३ सालले नेपालीमाँझ सुख र समृद्धि छाउने बताए।

बेलायतमा नेपालीले खेलेको भूमिकाको चर्चा गर्दै गैरआवासीय नेपाली संघ यूरोप संयोजक कुल आचार्यले आगामी बर्ष अझ व्यवसायिक तथा सशक्त पत्रकारिताको विकासका हुने अपेक्षा गरे।

कार्यक्रममा गैरआवासीय नेपाली संघका संस्थापक चिरन्जीवी ढकालले शुभकामना मन्तब्य दिए । बेलायतस्थित विभिन्न सञ्चारमाध्यममा कार्यरत दर्जन बढी पत्रकारको उपस्थिति रहेको उक्त जमघटको जाँचोपाँजो गोर्खा अनलाइन रेडियोले मिलाएको हो।

प्रकाशित: २९ चैत्र २०७२ ०७:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App