२१ पुस २०८२ सोमबार
image/svg+xml
प्रवास

कतारमा एक नेपालीको मुत्यु

कतार– म्याग्दी जिल्लाको बेनी नपा–१३ सोटा घर भएका दिलबहादुर घर्ती मगरको कतारमा निधन भएको छ। एक हप्तादेखि घर्तीको शव यहाँको हमाद अस्पतालमा राखिएको छ। शव नेपाल पठाउने तयारी भइरहेको गैरआवसीय नेपाली सङ्घ कतारका मजदुर विभाग संयोजक प्रेम रसाइलीले जानकारी दिए।म्याग्दीवासीको साझा संस्था मोना कतार शाखाले मृतक घर्तीको परिवारलाई आवश्यक बीमालयागत राहत उपलब्ध गराउन यहाँस्थित नेपाली राजदूतावासमार्फत सरकारलाई आग्रह गरेको छ।

पाँच वर्ष अगाडि कतार आएका २८ वर्षीय घर्तीको घरायसी अवस्था कमजोर रहेको छ। घरमा श्रीमती, एक छोरा, एक छोरी, आमा, बाबा र तीन भाइबहिनी रहेका छन्। रासस

प्रकाशित: २९ चैत्र २०७२ ०३:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App