१९ फाल्गुन २०८२ मंगलबार
image/svg+xml
राजनीति

गुन्डु पुगेको जेन–जी आयोग टोलीलाई ओलीको लिखित जवाफ

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न आइतबार उनकै निवास गुन्डु पुगेको जेनजी आन्दोलन छानबिन आयोगको टोली लिखित जवाफ लिएर फर्केको छ।

भदौ २३ र २४ को घटनाको जाँचबुझ गर्न बनेको आयोगको एक टोली तत्कालीन प्रधानमन्त्री ओलीलाई बयान लिन भक्तपुरको गुन्डुस्थित उनी बसेकै घरमा पुगेको थियो। पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई बयान लिन सहसचिवको नेतृत्वमा ६० वटा प्रश्न दिएर टोली पठाएको थियो। बयान नदिने बताउँदै आएका ओलीले घरमा कुराकानी गर्न राजी भएपछि आयोगको टोली गुन्डु पुगेको थियो।

ओलीनिकट स्रोतका अनुसार ओलीलाई प्रश्न सोध्नेभन्दा पनि लिखित विषय पेस गरिएको थियो। ती विषयमाथि स्पष्ट पार्दै ओलीले ‘आफ्ना धारणा सञ्चारमाध्यममा आइसकेको’ बताएक थिए। उनले जेनजी आन्दोलन दमनमा आफ्नो संलग्नता भए पुष्टि गर्न चुनौतीसमेत दिएका थिए। त्यसक्रममा आयोगको टोलीले अरू केही जिज्ञासा पनि राखेका थिए। ओलीले पनि तपाईंहरूको जिज्ञासा मेटाउन यो सहयोगी हुन सक्छ भन्दै लिखित जवाफ दिएका थिए। ‘लिखित जवाफ आयो, हामी फक्र्याैं,’ ओली निवास पुगेको टोलीका एक अधिकारीले भने।

प्रकाशित: २१ पुस २०८२ ०७:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App