२१ पुस २०८२ सोमबार
image/svg+xml
प्रवास

स्पेनका नेपालीको नयाँ वर्ष मह जोडीसँग

काठमाडौं– युरोप भ्रमणमा रहेका मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य स्पेनमा बसोबास गरिरहेका नेपालीसँग नयाँ वर्ष मनाउने भएका छन् । बिहीबार बेल्जियम पुगेका जोडीले नेपाल स्पेन समाजसँग २० अप्रिलमा बेनिड्रोममा नयाँ वर्ष २०७३ मनाउँनेछ।समाजका अनुसार युरोप भ्रमणका बेलामा युरोपका अन्य देशसँगै स्पेन पनि जान लागेका हुन्। कार्यक्रममा जोडी पुग्ने निश्चित भैसकेको र उनीहरुका साथै नरेन्द्र कंसाकार, मोहित आचार्य, माण्डवी त्रिपाठी, यमन श्रेष्ठ लगायतका कलाकार आउने तय भैसकेको समाजले जनायो।

नेपाली समुदायको हक, हित तथा आफ्नो धर्म, संस्कृति, भेषभुषाको संरक्षण तथा सम्बद्धन गर्न नयाँ बर्ष मनाउँने समाजले जनाएको छ । स्थानीय समयको राति ९ बजेदेखि कार्यक्रम सुरु हुने आयोजकले जानकारी गराएको छ। बेनिड्रोमको होटल म्यारिनामा कार्यक्रम आयोजना हुने छ । टोलीले नर्वे, फिनल्याण्ड, डेनमार्क, पोल्याण्ड, स्विडेन, जर्मनी लगायत देशमा बसोबास गर्ने नेपालीहरुसँग नयाँ बर्ष मनाउँने तय भैसकेको छ ।

प्रकाशित: २७ चैत्र २०७२ ०६:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App