१९ पुस २०८२ शनिबार
image/svg+xml
प्रवास

डिसीमा अानीकाे कन्सर्ट

वाशिंगटन डिसी—फूलको आँखामा फूलै संसारबाट हरेक नेपालीको हृदयमा बास बस्न सफल भएकी सुमधुर स्वरकी धनी आनी छोइङ डोल्माको सांगीतिक कार्यक्रम आगामी अप्रिल २ तारिख शनिबार वाशिंगटन डिसीमा हुँदैछ। सो कार्यक्रमको लागि आनी डिसी आइपुगेकी छिन्।डिसी महानगर क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायबीच गीत गाउन पाउँदा आफूलाई हर्ष लागेको उनले सुनाइन्।

अमेरिकाको राजधानी वाशिंगटन डिसीमा गाउन मौका मिलेकोले आफूलाई आनन्द लागेको बताउँदै नेपाली समुदायको उपस्थिति देखेर उत्साह जागेको उनले बताइन्।

'मेरो कार्यक्रम नेपाली नै आयोजना गर्ने भएकोले नेपाली समुदायले अझ सहयोग गर्नु हुनेछ भन्ने मलाइ लागेको छु, उनले भनिन्, 'नेपाली दाजुभाइ दिदीबहिनकी हैसला मेरा लागि महत्वपूर्ण हुनेछ।'

केही आध्यात्मिक चिन्तनका कुरा सुनाउन पाए आनन्दको अनुभूति हुने उनको चाहना छ।

'मेरो गीत र मन्त्र सुन्न विदेशीहरु पनि निकै आउने गर्छन्', उनले भनिन्, 'नेपालीबीच कार्यक्रम गर्न पाउँदा अत्यन्त खुशी लागेको छ।'

गायिकाको साथै समाजसेवी पनि हुँ भन्दै आफूले स्वास्थ्य तथा शिक्षा क्षेत्रमा काम गरिरहेको उनले सुनाइन्।

हामीले यस पटक न्युयोर्क र वाशिंगटन डिसीमा मात्र सांगीतिक कार्यक्रम गर्नु भयो तर भबिष्यमा नेपालीहरुका घना वस्ती भएका राज्य तथा शहरमा कार्यक्रम गर्न सक्नु हुन्छ भन्ने जिज्ञासामा समय व्यवस्थापन गरि अमेरिकामा आउने बताउनु भयो।

आनी छोइङ्गले मार्च २० मा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाएकी थिइन्। उनलाई संयुक्त राष्ट्रसंघको महासभामा 'गेष्ट अफ अनर पर्फमर' का रुपमा निम्त्याइएको थियो। संयुक्त राष्ट्रसंघको महासभाको इतिहासमा मै प्रथम पटक नेपाली गायिका आनीले गाएकी हुन्।

प्रकाशित: १७ चैत्र २०७२ २३:०५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App