२६ पुस २०८२ शनिबार
image/svg+xml
प्रवास

नेपाली समाज ट्याक्ससको सहयोगमा श्रेष्ठको शव नेपाल ल्याइयो

काठमाडौं- अमेरिकामा भएको सडक दुर्घटनामा निधन भएका रुसलदास श्रेष्ठको शव काठमाडौं ल्याइएको छ। उनको शव आइतबार नेपाल ल्याइएको थियो। अध्यानको सिलसिलामा ९ महिना अघि अमेरिका पुगेका श्रेष्ठको गत शनिबार ट्याक्ससमा कार दुर्घटनामा निधन भएको थियो।काठमाडौं पकनाजोल निवासी १९ बर्षे श्रेष्ठको शव नेपाली समाज ट्याक्सस र ट्याक्ससमा अध्यानरत नेपाली विद्यार्थीको सहयोगमा नेपाल ल्याइएको उनका मामा राकेस श्रेष्ठले जानकारी दिए। उनले ट्याक्ससमा कम्प्युटर इन्जिनियरिङ अध्यान गरिरहेका थिए।

केहि महिना अघि मात्र कार किनेका उनले साथीलाई अफिस पुर्यानउन जाँदा दुर्घटना भएको थियो। घटनामा एक जना घाइते समेत भएका थिए।

प्रकाशित: १६ चैत्र २०७२ ०३:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App