जापानका सक्रिय नेपाली संस्थाहरू नेपाल-जापान यूथ क्लब र वी फर अल को संयुक्त आयोजनामा ३ वर्ष अघिदेखि यस्तो पदयात्रा हुँदै आएको छ। आयोजकहरुले कार्यक्रममा सहभागी हुन जापानबासी नेपालीलाई आह्वान गरेका छन्।
टोकियोको सिवुयास्थित मियासिता पार्कबाट सुरु हुने पदयात्रा सिवुया शहरको परिक्रमा गरी सोही पार्कमा कोणसभामा परिणत हुने जनाइएको छ। आयोजक संस्था नेपाल जापान युथ क्लबका अध्यक्ष टासी लामाले भने 'विदेशमा बसे पनि आफ्नो राष्ट्रको हितको लागी गर्न सक्ने काम हामी सबैले गर्नुपर्छ।'
'यो कुनै जात,धर्म या राजनीतिक पार्टीको कार्यक्रम होईन। अर्का आयोजक संस्था वी फर अलका अध्यक्ष सरोजकुमार खत्रीले भने, 'बुद्ध र लुम्बिनी हाम्रो गौरब हो।हाम्रो आफ्नो पहिचानमाथि छिमेकि राष्ट्रले भ्रम फैलाउँदै गर्दा हामी कसरी हेरेर बस्न सक्छौं?'
स्थानिय नगरपालिका तथा प्रहरी कार्यालयबाट स्वीकृत लिई आयोजना गरिने कार्यक्रमलाई जापानी नागरिक मोचिजोकी कियोहिकोले व्यवस्थापनमा साथ दिने जनाइएको छ।
कार्यक्रम स्थान सिवुया मियासीता कोएन १५०-०००१ सिवुया-कु जिंगुमाए ६-२०-१० तोकिएको छ। कार्यक्रम अपरान्ह एक वजेबाट सुरु हुनेछ।
प्रकाशित: १६ चैत्र २०७२ ०२:१२ मंगलबार





