पीडित तामाङलाई नेपाली दूतावासको समन्वयमा उद्धार गरी मङ्गलबार स्वदेश पठाइएको सङ्घका महासचिव तेजबहादुर थापाले राससलाई जानकारी दिए।
पीडित तामाङ काठमाडौँ रातोपुलस्थित च्वाइस इन्टरनेसनल मेनपावर कम्पनीमार्फत सात महिनाअघि खोबारमा रहेको इनिसियल सप्लायर्स कम्पनीमा कामदारका रुपमा आएकी थिइन्। रोगले ग्रस्त भई थला परेकी तामाङलाई रोजगारदाताले औषधि उपचारमा बेवास्ता गरेपछि उनको अवस्था थप जटिल बनेको थियो।
पीडित तामाङले आफ्नो उपचार हुन नसकेपछि स्वदेश पठाइदिन अनुरोध गरे पनि रोजगारदाता कम्पनीले करार अवधि पूरा नभएको भन्दै अस्वीकार गर्दै आएको थियो। तामाङलाई साउदी ल्याउन पाँच हजार साउदी रियल खर्च भएको भन्दै रोजगारदाताले सो रकम तिरे मात्र स्वदेश फर्कन दिने बताएको थियो। रासस
प्रकाशित: १० चैत्र २०७२ ०१:४२ बुधबार


-600x400.jpg)


