लन्डन हन्स्लो बरोका काउन्सिलर बिष्णु गुरुङका अनुसार मल्होत्राले मार्च ३० र ३१ तारिख नेपाल भ्रमण गर्न लागेकी हुन्।
नेपाली कांग्रेसका सांसद उदयशम्मेशर राणाको बिशेष निमन्त्रणमा काठमाडौं जान लागेकी मलोहत्राले नेपालका सांसद, नेपाल चेम्बर अफ कर्मशका प्रनितनिधसँग भेटघाट गर्ने कार्यक्रम तय भएको छ । भ्रमण टोलीमा उनका श्रीमान् सुनिलकुमार सलुजासमेत सामेल हुने भएका छन् । ब्यवसायी सलुजाले नेपालस्थित वित्तीय लगानीकर्तासँग छुट्टै छलफल गर्ने छन् ।
हिन्दू धर्मवालम्वी मलोहत्राले नेपाल बसाईको क्रममा पशुपतिनाथ, बौद्धनाथलगायत काठमाडौंस्थित भूकम्प प्रभावित क्षेत्रको अवलोकन गर्ने छन् । नेपालीको बाक्लो बस्ती रहेको फेलथाम र हेस्टन क्षेत्रका निर्वाचित सांसद मल्होत्रा नेपाली समुदायमा लोकप्रिय छिन् । गुरुङका अनुसार मलोहत्राको राजनीतिक भेटघाट अहिले नै तय नभए पनि काठमाडौंस्थित बेलायती दूतावासमार्फत् सरकारी मन्त्री तथा उच्च अधिकारीसँग दुई मुलुकबीचको सम्बन्धका बारेमा छलफल गर्ने तयारी रहेको बुझिएको छ ।
प्रकाशित: ७ चैत्र २०७२ ०७:३८ आइतबार





