२० पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

धादिङमा झोलुङ्गे पुल बनाउन टोकियोमा फिल्म प्रदर्शन गरिने

टोकियो— धादिङ जिल्लामा झोलुङ्गे पुल बनाउने लक्ष्य राखेर जापानको टोकियोमा नेपाली कथानक चलचित्र 'फुलैफुलको मौसम तिमीलाई'प्रर्दशन गरिने भएको छ। 'म नेपाली ग्रुप' को आयोजनामा टोकियोको मेगुरो कुमिन सेन्टरमा मार्च २७ तारिख साँझ ६ बजे उक्त चलचित्र प्रर्दशन हुन लागेको हो।अमिर अलीको प्रस्तुति रहेको रोमान्टिक लभ स्टोरी एवं सस्पेन्स कथावस्तु समेटिएको 'फुलै फुलको मौसम तिमीलाई'मा दिनेश डिसीको कथा तथा निर्देशन र संगीत सुरेश अधिकारीको रहेको छ। चलचित्रमा नायिका नीता ढुंगाना, नायक आमेश भण्डारी एवं विजय लामा, गीता अधिकारी लगायतको अभिनय रहेको छ ।

चलचित्र प्रर्दशनबाट उठेको सम्पूर्ण नाफा रकम तुइनबाट झुन्डिएर विद्यालय जाने विद्यार्थीको लागि झोलुङ्गे पुल निमार्णको लागि समर्पित हुने आयोजक संस्था म नेपाली ग्रुपकी संयोजक स्मृति आचार्यले बताइन्।

'पुल बनेपछि खोलामाथि झुण्डिएर यात्रा गर्न बाध्य बालबालिकाहरु लाभान्वित हुने र जोखिममा यात्रा गर्नुपर्ने बाध्यता हट्छ', उनले भनिन्।

कुन खोलामा झोलुङ्गे पुल बनाउने भने खुलाइएको छैन।

प्रकाशित: १६ फाल्गुन २०७२ ००:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App