साउदीको रियादस्थित अल मेसरी इस्ट फर कन्ट्रयाक्टीङ कम्पनीले सम्झौताअनुसार काम र तलब नदिँदा बिचल्लीमा परेका र एक महिनाअघि सवारी दुर्घटनामा घाइते भएका रेगम बोहराको उचित उपचार गराउनसमेत आनाकानी गरेको बेहोरा पीडितले नेपालको महानगरीय प्रहरी अपराध शाखामा जानकारी गराएपछि उनीहरूको उद्धार सम्भव भएको हो।
पीडितहरूले महानगरीय प्रहरी अपराध शाखा प्रमुख एसएसपी सर्वेन्द्र खनाललाई सम्पर्क गरेका थिए। त्यसपछि उनीहरूलाई साउदी पठाउने स्वस्तिक म्यानपावर कम्पनीबाटै स्वदेश फिर्तीका लागि बिहीबार टिकट आएको थियो।
प्युठानका २१ वर्षीय बोहोरा एक महिनाअघि गाडीबाट ओर्लने क्रममा सवारी दुर्घटनामा गम्भीर घाइते भएका थिए।
नेपाल प्रहरीले उनीहरूलाई उद्धार गरेको सम्बन्धमा यहाँस्थित नेपाली दूतावासलाई जानकारी नभएको राजदूत आनन्द शर्मा र श्रम सहचारी कृष्णप्रसाद दवाडीले बताए।
महानगरीय प्रहरीको सक्रियतामा वैदेशिक रोजगारका क्रममा ठगिएका युवाको उद्धार गरिएको यो पहिलो घटना हो।
प्रकाशित: १४ फाल्गुन २०७२ २१:०२ शुक्रबार





