२० पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

एनआरएन जापानको अर्धवार्षिक भेला

टोकियो- एनआरएन जापानको अर्धवार्षिक भेला २०१६ शनिवार टोकियोमा सम्पन्न भएको छ । भेलाको एनआरएन आइसीसी एसिया प्यासिफिकका संयोजक किरण विक्रम थापाले भेलाको उद्घाटन गरे।भेलामा एनआरएन जापान का उपाध्यक्ष देवीलाल भण्डारीले कार्यक्रमको औचित्य, ६ महिने समिक्षा ,भावी कार्ययोजनाको तर्जुमा , राष्ट्रिय समन्वय परिषद र केन्द्रसंगको सम्वन्ध र समन्वयमा देखिएका कमिकमजोरीहरु र यसका समाधानमा एनआरएन जापानको भूमिकाको बारेमा जानकारी दिए। सचिब बुद्धि घिमिरेले हालसम्मको कार्यप्रतिवेदन र भावी योजना हरूको बारेमा प्रस्ट पारे भने कोषाध्यक्ष दीपक थापाले आर्थिक प्रतिवेदन प्रस्तुत गरे।

भेलामा प्रमुख अतिथि नेपाल पूर्वाधार बिकास कम्पनिको हालै अध्यक्षको ज़िम्मेवारी लिएका एनआरएनए आइसीसी का उपाध्यक्ष भवन भट्टले सुरुङ मार्गलाई समयमै सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।समग्र राष्ट्रकै मुहार फेर्न सकिने परियोजना भन्दै सम्पूर्ण एनआरएनएहरूको काँधमा यो ज़िम्मेवारी आएको बताए।

प्रकाशित: ९ फाल्गुन २०७२ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App