२४ पुस २०८२ बिहीबार
image/svg+xml
प्रवास

प्रशिक्षार्थीबाट २९ लाख असुल्ने पूर्वगोर्खा दोषी ठहर

लन्डन—गैरकानुनी रुपमा रकम असुली गरेको अभियोगमा बेलायती सेनामा कार्यरत एक गोर्खालाई अदालतले दोषी ठहर गरेको छ। रोयल गोर्खा राइफलका प्रशिक्षक सूर्यप्रकाश हाङगमलाई १७ जना प्रशिक्षार्थीहरुबाट करिब १८ हजार २ सय (करिब २९ लाख रुपैयाँ) पाउण्ड गैरकानूनी रुपमा असुल गरेको आरोप लागेको थियो।

हाङगमलाई सोमवार स्थानीय नार्थ अल्लरटन मजिस्ट्रेट अदालतले दोषी ठहर गरेको हो। स्थानीय समाचार प्रोटल दि नर्दन इको समाचारअनुसार उनलाई कस्तो सजाय दिने भन्ने फैसालाका लागि मार्च १४ टिस साइड उच्च अदालतमा पठाइने छ। अदालतले उनलाई १४ मार्चसम्म बिना सर्त जमानतमा बस्न सक्ने भनी निर्णय सुनाएकोे छ।

३५ बर्षीय हाङगम गोर्खाली नेपाली युवा प्रशिक्षार्थीलाई गोर्खा भर्ती केन्द्रमा शारीरिक ब्यायामसम्बन्धी तालिम दिने गर्थे। हाङगमले आफ्नो पदीय जिम्मेवारीको गलत प्रयोग गरी, भर्ना भई प्रशिक्षणमा भाग लिने नवयुवालाई प्रलोभनमा पारी पैसा असुली गरेको आरोप लगोको थियो।

केन्टस्थित फोकस्टोनमा रहेको बेकविथ ग्रीन नामको क्याम्पमा प्रशिक्षकको रुपमा कार्यरत हाङगमलाई गत बर्षको २८ फेब्रुअरीदेखि ३१ मार्चसम्म करिब एक महिनाको अवधिमा कैट्रीक गैरीसनमा प्रशिक्षणको रुपमा कार्यरत भएका बेलामा १७ जना प्रशिक्षार्थीबाट सो रकम असुली गरेको बताइएको छ। सेनाका प्रवक्ताका अनुसार हाङगम गत बर्ष मे महिनामा आफ्नो यूनिटमा फर्किएका थिए।

प्रकाशित: ५ फाल्गुन २०७२ ०६:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App