२० पुस २०८२ आइतबार
image/svg+xml
प्रवास

भारतीय नाकाबन्दीबिरुद्ध बोस्टनमा प्रदर्शन

वाशिंगटन डिसी— भारतीय नाकाबन्दीविरूद्ध अमेरिकाको न्यु इंग्ल्यान्ड क्षेत्रमा बसोबास गर्ने नेपाली समुदायले प्रदर्शन गरेका छन्। उनीहरूले भारत सरकार तथा भारतीय प्रधानमन्त्री नरेन्द्र माेदीविरूद्ध नाराबाजी गरे।

अमेरिका लगायत अन्तर्राष्ट्रिय समुदायको समेत ध्यानाकर्षण गराउने उदेश्यले न्यु इंग्ल्यान्ड, कनेक्टिकट, मेन, म्यासाचुसेट्स, न्यु हेम्पसायर, रोड आइल्याण्ड तथा भरमन्टमा बसोबास गर्ने नेपाली समुदाय, संघसंस्थाको सयुक्त पहलमा बोस्टनमा बिरोध विराेध प्रदर्शन गरिएकाे हाे।

भारतले गरेको अघोसित नाकाबन्दीबिरुद्ध एकत्रित भएका नेपालीहरूले भारत सरकारबिरुद्ध नाराबाजी गर्नुको साथै झन्डा तथा बिभिन्न नारा लेखेका प्लेकार्ड सहित प्रदर्सन गरेका थिए।
bostan protest1
बाेस्टनकाे प्रदर्शनमा पनि वाशिंगटन डिसीमा गरिएको प्रदर्सनकाे माेडल अपनाइएकाे थियो। कुनै एकल संस्थाले नेतृत्व नगरी सबै नेपाली समुदाय तथा संस्थाको सयुक्त प्रयासबाट कार्यक्रम सम्पन गरिएको जानकारी गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाका पूर्व अध्यक्ष प्रलाद केसीले दिए।
bostan protest2
उक्त बिरोध प्रदर्सनमा थोरै वक्तालाई बोल्ने तारतम्य मिलाईएको थियो। बिदेशीहरुले समेत नेपालीहरुको बिरोध कार्यक्रमलाई ऐक्यबद्धता देखाएका थिए। अमेरिकामा बसोबास गर्ने बंगलादेशी नागरिक, नेपालको भ्रमण गरेकी अमेरिकी स्वास्थ्य परिचारिका, अमेरिकाका शिक्षक, सञ्चारकर्मी सान प्रधान लगायतले मन्तव्य व्यक्त गरेका थिए।

bostan protest3

एनआरएन एनसीसी अमेरिकाका पूर्व अध्यक्ष केसीले नाकाबन्दीका कारणा नेपालीले भोगेको दुख कष्ट बारेमा जानकारी गराएका थिए। विश्वकाे ठूलाे लाेकतान्त्रिक मुलुककाे यस्ताे व्यवहार लज्जाजनक भएकाे वक्ताहरूले बताएका थिए।
बिरोध प्रदर्शन सशक्त पार्न संघ संस्थाका पदाधिकारी बुद्धिजीवी, विद्यार्थी, खेलाडी, प्राध्यापक, पत्रकार तथा सबै पेसामा संलग्न नेपालीहरूकाे उपस्थिति थियो।

प्रकाशित: १५ मंसिर २०७२ २२:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App