तमुधिं यूकेको २ लाख, व्यवसायी रवि लामिछानेको १ लाख ७ हजार रुपैयाँलगायत विभिन्न व्यक्ति र संस्थाको सहयोगमा रकम संकलन भएको एनआरएन यूकेले जनाएको छ। अघोषित नाकाबन्दीले नेपालमा औषधिको अत्याधिक अभाव हुन थालेपछि एनआरएनले आफ्ना विश्वभर छिरिएका राष्ट्रिय समितिलाई रकम संकलन गर्न अपिल गरेको थियो।
अध्यक्ष गुरुङले विश्वभर छरिएका एनआरएनका शाखा मध्ये आर्थिक सहयोग पठाउने एनआरएन यूके पहिलो भएको भन्दै सहयोगदाताप्रति धन्यवाद दिए। गुरुङका अनुसार अहिले जम्मा हुँदै गरेको थप रकम आगामी सातासम्म काठमाडौं पठाउने योजना छ। गैर आवासीय नेपाली संघले गत मंगलबारदेखि नेपालमा औषधि वितरण सुरु गरिसकेको छ। संघले पहिलो चरणमा ३८ लाख रुपैयाँको औषधि सरकारलाई हस्तातरण गरेको छ।
यसैबीच गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले करिब ४ करोड रुपैयाँ बराबरको औषधि बुधबार नेपाल सरकारलाई हस्तान्तरण गरेका छन्।
प्रकाशित: १० मंसिर २०७२ ०६:२७ बिहीबार





