नेपालको झण्डा सहित भएको प्रदर्शनमा एनआरएनए हङकङका अध्यक्ष ललित लिम्बु, अन्तर्राष्ट्रिय समन्वय परिषद्का सल्लाहकार यम कुमार गुरुङ,सदस्य धन थापा, निवर्तमान अध्यक्ष दुर्गा गुरुङ, नेपाल चेम्बर अफ कमर्श हङकङका पूर्व अध्यक्ष तथा व्यावसायी जेएन ज्ञवाली, उपाध्यक्ष कमल पौडेल लगायत हङकङमा रहेका करिब पाँच दर्जन नेपाली व्यावसायी सहभागी भएका थिए ।
भारतीय दूताबासले एनआरएनए हङकङको ज्ञापनपत्र बुझ्न भने अस्वीकार गरेको छ । दिल्लीस्थित भारतीय विदेश मन्त्रालयमा पहिला नेपाल डेस्कमा रहेर काम गरेका प्रशान्त अग्रवाल अहिले हङकङमा भारतीय महावाणिज्यदूत छन् । प्रहरी र सुरक्षाकर्मी मार्फत् दूताबासले ज्ञापनपत्र नबुझ्ने सन्देश प्रदर्शनकारीलाई पठाएको थियो ।
'हामीले प्रदर्शन सहित ज्ञापनपत्र बुझाउने कार्यक्रम राखेर भारतीय महावाणिज्य दूताबाससँग समय माग गरेका थियौँ तर उनीहरूले बुझ्न मानेनन्', कार्यक्रमपछि एनआरएनए हङकङका अध्यक्ष लिम्बुले भने, 'अब थप कार्यक्रम के गर्न सकिन्छ हामी छलफल गर्छौँ ।'
प्रकाशित: ४ मंसिर २०७२ ०३:३४ शुक्रबार





