नयाँ ब्यवस्थापनमा जापानका पुराना नेपाली ब्यवसायी महेश श्रेष्ठ अध्यक्ष रहेका छन्। उनी जापानमा पहिलो पटक रेमिट सेवा सुरुवात गर्ने नेपाली हुन्। उपाधक्ष्यमा अर्का पुराना ब्यवसायी कपिलदेव थापा र प्रबन्ध निर्देशकमा युवा व्यवसायी सन्तोश पौडेल रहेका छन्।

यहाँ आयोजित वार्षिकोत्सव समारोहमा उक्त कुराको जनकारी दिइएको हो।
जापानमा पछिल्लो समय नेपाली विद्यार्थीहरुको आगमन उल्लेख्य रूपमा वृद्धि भैरहेको अवस्थामा नेपालीहरुले नै भाषा विद्यालय सञ्चालन गर्नुलाई सकारत्मक रुपमा हेर्न सकिने जापानका लागी नेपालका राजदूत मदन कुमार भट्टराइले बताए।
प्रकाशित: २८ आश्विन २०७२ ०१:१५ बिहीबार





