स्थानीय बजारमा आज (सोमबार) सुन र चाँदीको मूल्यले नयाँ कीर्तिमान बनाएको छ।
आज सुन तोलामा चार हजार २ सय रुपैयाँ बढेर दुई लाख ८२ हजार रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायीले जानकारी दिएको छ। सुन आइतबार दुई लाख ७७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार चाँदीको भाउ पनि प्रतितोला १८५ रुपैयाँ बढेर पाँच हजार ८१० रुपैयाँ पुगेर कारोबार भइरहेको छ।
प्रकाशित: ५ माघ २०८२ ११:२७ सोमबार





