९ माघ २०८२ शुक्रबार
image/svg+xml
प्रवास

एसिया सहसंयोजकमा पाण्डेको उम्मेदवारी

हङकङ—गैरआवासी नेपाली संघ हङकङका संस्थापक अध्यक्ष कृष्ण पाण्डेले एसिया प्यासेफिक क्षेत्रको सहसंयोजकमा उम्मेदवारी दिएका छन्। अक्टोबर १३ देखि काठमाडौँमा हुने सातौँ विश्व सम्मेलनले एनआरएनएको नयाँ नेतृत्व चयन गर्दैछ।

विश्व सम्मेलनको तयारीसँगै एनआरएनएका ७३ देशमा रहेका राष्ट्रिय समन्वय परिषद् सम्वद्ध व्यक्तिहरूबाट नयाँ नेतृत्वमा आउन उम्मेदवाी घोषणा गर्ने क्रम बढेको छ। एनआरएनए एसिया प्यासेफिक क्षेत्रका पूर्व संयोजक तथा अन्तर्राष्ट्रिय समन्वय परिषद्का वर्तमान सल्लाहकार यम कुमार (त्रिलोक) गुरुङले दुई साताअघि हङकङबाटै कोषाध्यक्षमा उम्मेदवारी घोषणा गरेका थिए।

२००४ मा स्थापना भएको एनआरएनए हङकङको संस्थापक अध्यक्ष कृष्ण पाण्डे त्यसयता तीन कार्यकाल अन्तर्राष्ट्रिय समन्वय परिषद् सदस्य थिए । हङकङमा तीन सय ९० जना सदस्यबाट शुरु भएको एनआरएनएमा अहिले दुई हजार आठ सय साठी सदस्य पुगेका छन् । लमजुङको दोधीखोला जलविद्युत आयोजनामा लगानी समेत गरेका पाण्डे एनआरएनएको नेपालमा लगानी प्रवद्र्धन कमिटि सदस्य छन्।

अघिल्लो पटक एसिया प्यासेफिक क्षेत्रको सहसंयोजकमा वीजयी हुन नसके पनि एनआरएनए अभियानमा निरन्तरतता दिन यसपाली फेरी उम्मेदवार बनेको पर्यटन व्यावसायी पाण्डेले बताए । 'एनआरएनए राजनीतिक फोरम नभएर एउटा अभियान हो र यो अभियानमा म निकै पहिलादेखि जोडिएको छु', पाण्डेले भने, 'यस्तो फोरममा पद भन्दा निरन्तरता महत्वपूर्ण हुने भएकाले म फेरी सहसंयोजकमै उम्मेदवार बनेको हुँ।'

पाण्डेले आफु कुनै प्यानलबाट भन्दा पनि साझा उम्मेदवार बन्न चाहेको बताउँदै जापान, कोरिया, हङकङका सदस्यहरूको सुझाव मानेर निर्वाचनमा उभिएको दावी गरे। विदेशमा रहेका नेपालीको सामुहिक लगानी भित्र्याएर नेपालमा रोजगारी बढाउन एनआरएनए मार्पmत् आफुले प्रयास गर्दै आएको र भविष्यमा पनि यसलाई निरन्तरता दिने उनले बताए ।

प्रकाशित: २० आश्विन २०७२ ०३:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App